मुख्य समाचार

Breaking : सर्वोच्चले दियो गुन्डा नाइके दिपक मनाङ्गेलाई थुनामुक्त गर्न आदेश

Breaking : सर्वोच्चले दियो गुन्डा नाइके दिपक मनाङ्गेलाई थुनामुक्त गर्न आदेश

चर्चित गुन्डा नाइके दिपक मनाङ्गेलाई थुनामुक्त गर्न सर्बोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई थुनामुक्त गरिएको छ ।

प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङ्गे ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा डिल्ली बजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो । अघिल्लो वर्ष माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो ।

त्यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिन पाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal