स्वास्थ्य

दैनिक दुईटा ओखर खानुका १५ चमात्कारिक फाइदा

दैनिक दुईटा ओखर खानुका १५ चमात्कारिक फाइदा

ओखरको सेवनले मस्तिष्कको विकाससहित यसलाई स्वस्थ्य राख्न सघाउ पुर्याउँछ । ओखरमा पाइने प्रचुर मात्राको पोषक तत्वले छाला र कपालसमेत मुलायम एवम् चम्किलो बनाउँछ ।

ओखरमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । साथै यसमा भिटामिन ए, बि६, बि १२, सि, डि, इ र के पाइन्छ । यो प्रोटिनको पनि राम्रो स्रोत हो । यसका साथै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रचुर मात्रामा पाइन्छ । यसमा सोडियम कम र कालोस्टर पटक्कै हुँदैन । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो ।

किन खाने ओखर ?

– ओखर सेवन गरे मस्तिष्क तेज, चुस्त र स्मरण शक्ति बढ्दछ ।
– ओमेगा ३ फ्याटी एसिड मुटुलाई स्वस्थ्य राख्नका लागि सहयोग गर्दछ ।
– फोलेट वा फालिक एसिड यसले मस्तिष्कलाई स्वस्थ्य राख्दछ ।

– एक सय ग्राम ओखरमा १५ ग्राम प्रोटिन हुन्छ जसले मांशपेशी बढाउन सहयोग गर्छ ।
– ओखरमा न्युरो प्रोटेक्टिभ कम्पाउन्ड पाइन्छ जसले मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ ।
– बिहान र मध्यान्ह २ वटा ओखर चपाएर खाएमा कोलोस्ट्रोर नियन्त्रण हुन्छ ।

– नियमित ओखरको सेवनले हृदय रोग लाग्नबाट बचाउँछ ।
– तौल नियन्त्रणका लागि ओखर उपयुक्त हुन्छ ।
– ओखर खाँदा पेट लामो समयसम्म भरिन्छ । यसले गर्दा छिटै भोक लाग्ने हुँदैन ।

– नियमित २ वटा ओखर महसँग मिसाएर सेवन गरे मस्तिष्क स्वस्थ्य हुन्छ ।
– ओखरको सेवनले स्ट्रोकको हुनबाट बचाउँछ ।
– दैनिक बिहान बेलुकी मनतातो दुधसँग २ ओखर, एउटा बदाम सेवन गरे कमजोरी हट्छ ।

– महिनावरीको समस्यामा ओखर र मह मिसाएर मनतातो दुधसँग पिएमा लाभ मिल्दछ ।
– ओखरलाई हल्का भुटेर महसँग सेवन गर्नुपर्छ, खोकी ठिक हुन्छ ।
– मनतातो पानीसँग ओखर सेवन गर्दा जोर्नीको दुखाई ठीक हुन्छ ।

यो पनि – विहान नुहाउनु ठीक कि बेलुका ? नुहाउनु अघि जान्नैपर्ने कुरा !

हामी आफ्नो शरीरलाई बाहिरबाट स्वच्छ र सफा राख्नको लागि नुहाउनु आवश्यक हुन्छ। तर कुरा आउँछ उचित समयको! कुन बेला नुहाउनु उचित हुन्छ ।

“विहान नुहाउने या बेलुका, यो त व्यक्तिको व्यक्तिगत रुचीमा भर पर्ने कुरा हो।”, हार्भर्ड युनिभर्सिटीका मनोवैज्ञानिक ‘शेली कार्सन’ भन्छिन्- “तर विहान नुहाउनुको आफ्नै फाइदा र बेफाइदा हुन्छ भने बेलुका नुहाउँदा पनि व्यक्तिले दुवै फाइदा र बेफाइदा भोग्नुपर्ने हुन्छ।”

यदि तपाईँ कुनै रचनात्मक काम गर्न जाँदै हुनुहुन्छ अथवा जागिरको लागि अन्तर्वार्तामा जाँदै हुनुहुन्छ भने विहानमा नुहाउनु सबैभन्दा उत्तम हुन्छ, डा. शेली भन्छिन्- “नुहाउँदा हाम्रो दिमाग शिथिल स्थितिमा पुग्छ, तर सचेत अवस्थाबाट टाढिँदैन।”

“यसरी शरीरको तापक्रम एक्कासी घटेपछि शरीरमा ‘कोर्टिसोल हरमोन’को मात्रा घट्दै जान्छ र सजिलै निन्द्रा लगाउन मद्दत गर्दछ।

डा. शेलीका अनुसार, नुहाउने बेला हाम्रो दिमागको सोँच र चिन्ता अचेतन मनमा गएर बस्दछ, जहाँ दिमागले स्वतः त्यस सोँचलाई केलाउन थाल्छ, यस्तो अवस्थालाई मनोवैज्ञानिक भाषामा ‘बेटा ब्रेन स्टेट’ भनिन्छ।

त्यति नै बेला हाम्रो दिमागको ‘अल्फा स्टेट’ मा शरीरलाई तना-व र थकानबाट आराम दिने काम गर्छ र क्षय भएका शरीरका कोषहरूलाई निको पार्ने काम गर्छ। जसले गर्दा दिनभरीको बोझलाई दिमागले सजिलैसित ह्याण्डल गर्न सक्दछ। “यहि कारण हो, विहान नुहाएपछि दिनभरी फ्रेस महशुस गरिने!”- शेली भन्छिन्।

तथापी, यदि तपाईँलाई चाँडै निन्द्रा लाग्दैन र अबेरसम्म पनि आँखा चिम्लिन मान्दैन भने साँझको बेला नुहाउनु सही हुन्छ। यो सबै शरीरको तापक्रमले गर्दा भएको हो। मनतातो पानीले नुहाउँदा शरीरको तापक्रम अलिकति बढ्छ र नुहाएर शरीर सुकिसकेपछि तापक्रम घट्दै जान्छ। “यसरी शरीरको तापक्रम एक्कासी घटेपछि शरीरमा ‘कोर्टिसोल हरमोन’को मात्रा घट्दै जान्छ र सजिलै निन्द्रा लगाउन मद्दत गर्दछ।”, डा. शेली भन्छिन्।

गर्मी मौसममा पनि राति नुहाउने बानी छ भने सुरुमा २ गिलास चिसो पानी पिएर अथवा रसिलो फलफूल खाएर शरीरको तापक्रमलाई सन्तुलनमा ल्याएर मात्रै नुहाउनु

“तर, विचार पुर्याउनुपर्छ अधिक गर्मीको बेला”- शेलीले सुझाव दिँदै भन्छिन्। गर्मीको बेला दिनभरी हाम्रो शरीर सामान्यभन्दा अधिक तातेको हुन्छ। यो तापक्रम सजिलै घट्नेवाला पनि हुँदैन। यसरी तातेको शरीरमा साँझको बेला चिसो पानीले भिजायो भने अब त्यहाँ शरीरको तापक्रममा असन्तुलन हुन आउँछ।

मतलब शरीरको आफ्नो वास्तविक तापक्रमभन्दा पनि कम हुन जान्छ। जसले गर्दा आलश्य बनाउने, टाउको दुखाउने, दिउँसोको बेला सामान्यभन्दा बढि नै गर्मी भएको महशुस हुने, शरीरमा पानीको मात्रा घटेर जाने जस्ता समस्या उत्पन्न हुन सक्छन्। यसरी गर्मीको बेला साँझ नुहाउँदा शरीरको रक्तचापमा पनि असन्तुलन आउने डा. शेली बताउँछिन्।

त्यसैले यदि गर्मी मौसममा पनि राति नुहाउने बानी छ भने सुरुमा २ गिलास चिसो पानी पिएर अथवा रसिलो फलफूल खाएर शरीरको तापक्रमलाई सन्तुलनमा ल्याएर मात्रै नुहाउनु पर्दछ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७