नेपाल आइडल-२ को अडिसनबाट र्याप गर्लको रुपमा चम्किएकी करिश्मा बिष्टले पहिलो रेकर्डेड गीत बजारमा ल्याएकी छिन् । उनले अडिसनमा गाएको आफ्नै गीत ‘इको नि लाग्यो…’ गितलाई रेकर्ड गरेर बजारमा ल्याएकी हुन् ।
यस गीतलाई नेपाल आइडलको ३७ औँ एपिसोडमा एक्सक्लुसिभलीको रुपमा पनि देखाइएको थियो भने हाल नेपाल आइडलको युट्युब च्यानलमा मार्फत रिलिज गरिएको छ ।
उनको यस गीतमा उनी आफैले अभिनय तथा नृत्य गरेकी छिन् भने भिडियोमा छुट्टै अवतारमा प्रस्तुत भएकी छिन् ।
हेर्नुस् भिडियो: