विचित्र संसार

१८ वर्षकी विद्यार्थी र ४५ वर्षे प्रोफेसरको रोचक प्रेम किस्सा [१० तस्बिर]

१८ वर्षकी विद्यार्थी र ४५ वर्षे प्रोफेसरको रोचक प्रेम किस्सा [१० तस्बिर]

जर्मनीकी मनोविज्ञान विषयकी एक छात्राले युट्युबमा दर्शनका एक प्राध्यापकको भिडियो हेरेपछि उनीसँग सम्पर्क गरिन् । केही महिनापछि उनीहरुको प्रेम सम्बन्ध सुरु भयो । यी दुईको उमेरमा २७ वर्षको फरक छ जसका कारण यी दुवैको आ–आफ्नो परिवारसँगको सम्बन्ध भने निकै बिग्रिएको छ ।

जेनाले १८ वर्षकी हुँदा युट्युबमा फिलोसोफी प्रोफेसर पिटर हेनरिचको भिडियो हेरेकी थिइन् त्यसपछि उनीसँग सम्पर्क

अहिले २१ वर्षकी मनोविज्ञानकी विद्यार्थी जानाले साढे २ वर्षअघि युट्युबका माध्यमले उनको प्रेम सम्बन्ध सुरु होला भन्ने सोचेकी थिइनन् तर यस्तै भयो । जेनाले १८ वर्षकी हुँदा युट्युबमा फिलोसोफी प्रोफेसर पिटर हेनरिचको भिडियो हेरेकी थिइन् त्यसपछि उनीसँग सम्पर्क गरेकी थिइन् ।

डेलीमेलका अनुसार उनीहरुको यो कुराकानी बाक्लिँदै गयो । डिसेम्बर २०१७ मा उनीहरुको पहिलोपटक भेट भएको थियो । त्यसपछि उनीहरुको सम्बन्ध गहिरिँदै गयो । जेनाका अनुसार उनले विश्वविद्यालयमा फिलोसोफी वा साइकोलोजी पढ्ने विचार गरिरहेकी थिइन् ।

यही कारण उनले युट्युबमा यी विषयसँग सम्बन्धित भिडियो खोजेकी थिइन् । यही क्रममा पिटरको भिडियो देखेपछि उनी धेरै प्रभावित भएकी थिइन् ।

मानिसहरुमा धेरै नकारात्मकता छ तर मानिसहरुले बुझ्नुपर्छ कि मानिस कसरी खुसी हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ र प्रेमको कुनै उमेर हुँदैन

यो सम्बन्धका कारण पिटर र जेनाले भने निकै समस्याको सामना गर्नु परिरहेको छ । जेनाका अभिभावक यो सम्बन्धका कारण उनीसँग रिसाएका छन् ।

पिटरको परिवारले पनि उनीहरुलाई जोडीको रुपमा स्वीकार गर्न मानेको छैन । जेनाका अनुसार उनीहरुको उमेरमा ठूलो अन्तर भएका कारण मानिसहरुमा धेरै नकारात्मकता छ तर मानिसहरुले बुझ्नुपर्छ कि मानिस कसरी खुसी हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ र प्रेमको कुनै उमेर हुँदैन । जेना र पिटर एक अर्कासँग निकै टाढा बस्छन् । उनीहरु ‘डिस्टेन्स रिलेशनशिप’मा छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७