धर्म/ संस्कृति

माघे संक्रान्तीमा पञ्च ग्रह याेगः अनिवार्य रुपमा गर्नुहोस यी कार्य !

माघे संक्रान्तीमा पञ्च ग्रह याेगः अनिवार्य रुपमा गर्नुहोस यी कार्य !

वैदिक सांस्कृतिक परम्परामा देखि नै मक्कर संक्रान्तिलाई विशेष पर्वका रुपमा मनाउने गरिएको गरिएको छ । कार्तिक स्नान र मक्कर स्नानका बारेमा शास्त्रमा विशेष रुपमा व्याख्या गरिएको छ । सूर्य धनु राशिबाट मक्कर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मक्कर संक्रान्ति भनेर भनिएकाे हाे ।

सूर्य देव आफ्नाछाेरा शनि संग भेटहुने विशेष दिनका रुपमा पनि व्याख्या गरिएको छ तेसैलेपनि यस पर्वलाई पिता र पुत्रकाे मिलनका रुपमा

नेपालमा रहेका हरेक जात जातिका समुदाय हरुले फरकफरक रुपमा यस पर्वलाई मनाउने परम्परा रहिआएकाे छ । विशेषगरी थारु समुदायमा यसलाई प्रमुख उत्सवकारुवमा मनाउने परम्परा सदीयौंदेखि रहिआएको छ । पुराणमा वर्णन गरिए अनुसार सूर्य देव आफ्नाछाेरा शनि संग भेटहुने विशेष दिनका रुपमा पनि व्याख्या गरिएको छ तेसैलेपनि यस पर्वलाई पिता र पुत्रकाे मिलनका रुपमा पनि लिनेगरिएकाे छ ।

दक्षिणायन र उत्तरायण गरि वर्षलाई दुई भागमा बिभाजन गरिएको छ । श्रावणसंक्रान्ति देखि सूर्य नारायण दक्षिणायन हुन्छन भने मक्कर संक्रान्तिका दिनदेखि सूर्य उत्तरायण हुने गर्दछन सूर्य उत्तरायण र दक्षिणायन हुदा यसकाे प्रभाव प्रकृति देखि समस्त प्राणी हरुमा प्रतक्षरुपमा पर्ने गर्दछ । सूर्ष मक्कर राशिमा प्रबेश भएदेखि दिन लामाे र रात छाेटाे हुँदै जाने गर्दछ ।

संस्कृति,परम्परा र उत्सवकाे धर्ती हाे र उत्सव तथा परम्परागत रुपमा मनाईने जतिपनि हाम्रा चाडपर्व हरु छन् तिनीहरूको धार्मिक महत्व मात्रै नभएर वैज्ञानिक आधार

शास्त्रमा उल्लेख भएअनुसार मक्कर संक्रान्तिका दिन गंगा धर्तीमा अवतरण भएकाे दिनका रुपमा पनि व्याख्या गरिएको छ । त्यसकारण मक्कर संक्रान्तिका दिन गंगा हरुमा मात्रै नभएर अन्य ससाना नदि तथा तलाउ हरुमा स्नानका लागि भक्तजनहरुकाे उल्लेख्य रुपमा उपस्थिति हुने गर्दछ । यसदिन गरिएको स्नान दान तथा तर्पणकाे विशेष महत्त्व रहने शास्त्रमा उल्लेख गरिएको छ ।

हाम्राे देश नेपाल संस्कृति,परम्परा र उत्सवकाे धर्ती हाे र उत्सव तथा परम्परागत रुपमा मनाईने जतिपनि हाम्रा चाडपर्व हरु छन् तिनीहरूको धार्मिक महत्व मात्रै नभएर वैज्ञानिक आधारहरू पनि उत्तिकै रहेका छन् । पृथ्वी उत्तर दिशामा २३ दशमलव ४३९२८११ डिग्री मा झुकेको छ । पृथ्वीलाई तीन काल्पनिक रेखामा बिभाजन गरि नामांकित गरिएको छ जसलाई कर्क रेखा,भूमध्य रेखा र मकर रेखामा बिभाजन गरिएको छ ।

पहिलाे दिन र रात बराबर हुने गर्दछ दास्राे दिन सबैभन्दा लामाे र रात छाेटाे हुने गर्दछ तेस्रोमा दिन र रात बराबर हुने

झुकेको पृथ्वी ३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेन्डमा २९ दशमलव ७८ किलोमिटर प्रति सेकेन्डकाे गतिमा सूर्यकाे परिक्रमा गरिरहेकाे छ । उत्तर दिशामा पृथ्वी झुकेको कारणले गर्दा वर्षमा चार विशेष परिस्थिति सृजना हुने गर्दछ । पहिलाे दिन र रात बराबर हुने गर्दछ दास्राे दिन सबैभन्दा लामाे र रात छाेटाे हुने गर्दछ तेस्रोमा दिन र रात बराबर हुने गर्दछ चाैथाेमा रात सबैभन्दा लामाे हुन्छ भने दिन सबैभन्दा छाेटाे हुने गर्दछ जुन नियमित गतिमा घुमिरहेकाे छ ।

सूर्य मकर राशिमा नआउँदा सम्मा सूर्य दक्षिणायनमा रहने छन् जब सूर्य मकर राशिमा प्रवेश गर्दछन उक्त समयदेखि सूर्य उर्धरेखा तर्फ सर्दछन् । सूर्य ऋतु हरुकाे कारण हाे जुन पृथ्वीकाे झुकाबका कारणले गर्दा ऋतु हरुम परिवर्तन हुने गर्दछन जसकाे मुख्य कारण सूर्य नै हाे ।

आजका दिन शरीरमा गर्मी पैदागर्ने तिल,सख्खर,चाकु लगाएतका बस्तुहरुकाे सेबनले शरीर निराेगि बन्ने आयुर्वेदिक ग्रन्थमा उल्लेख

बिहिवार मक्कर संक्रन्तिका दिन ग्रह राशि तथा नक्षत्र हरुकाे गतिलाई हेर्ने हाे भने पनि दुर्लभ खगाेलीय अवस्था पनि बनिरहेकाे छ । एउटै राशिमा ५ आेटा ग्रहकाे अवस्था रहेकाे छ । ५ आेटा ग्रह मकर राशिमा रहने भएकाले पनि विशेष महत्व रहने ज्याेतिषी हरुले जानकारी गराएका छन् । यस्ताे अवस्थामा गरिएका दान स्नान तथा तर्पण गरेमा अनन्त पुण्य फल प्राप्ति हुने शास्त्रमा उल्लेख गरिएको छ । कार्तिक स्नान तथा माघ स्नानकाे विशेष महत्व रहेकाे शास्त्रमा उल्लेख गरिएको छ ।

कार्तिकमा शिशिर ऋतु प्रारम्भ तथा माघ महिनामा शिशिर ऋतुकाे अन्त्य हुने दिन हाे । मानिस हरुकाे स्वस्थ विशेषगरी ऋतु परिवर्तन हुने अवस्थामा बिग्रने भएकाले कार्तिक स्नानाबाट चिसाे प्रारम्भ हुन्छ भने माघ स्नानदेखि गर्मि प्रारम्भ हुने भएकाले पनि मक्कर संक्रान्तिकाे स्नानलाई विशेष महत्वका साथ वर्णन गरिएको धार्मिक विद्वान हरुले जानकारी गराएका छन आजका दिन शरीरमा गर्मी पैदागर्ने तिल,सख्खर,चाकु लगाएतका बस्तुहरुकाे सेबनले शरीर निराेगि बन्ने आयुर्वेदिक ग्रन्थमा उल्लेख गरिएको ।

यसरी हाम्रा परम्पराले आध्यात्मिक तथा वैज्ञानिक दुवैको प्रतिनिधित्व गरिरहेकाे छ । धर्म भनेकै विज्ञान हाे र विज्ञान भनेकै प्रकृति हाे ।

लेखक सुरेश चन्द्र रिजाल “शिव” दक्षिण एसियाली ज्याेतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव हुन सम्पर्क ९८५१०६११२४ रहेकाे छ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७