पत्रपत्रिकाबाट

बढ्दो माघी महोत्सवको रौनक !

बढ्दो माघी महोत्सवको रौनक !

भैरहवा : थारू समुदायले माघी एवं खिचडी पर्व धूमधामका साथ मनाइरहेका छन्। माघ १ गतेबाट थारू समुदायको नयाँ वर्षको पनि सुरुआत हुन्छ। यस पर्वमा थारू सामुदायले विशेषगरी खानाको मुख्य परिकारमा ढिक्री, सुँगुरको मासु, जाँड, खिचडी खाने गर्दछन्।

‘विगतमा यो पर्व घरभित्र परिवारमा मनाउँदै आइए पनि अहिले सामुदायको साथमा मनाउने गरेका छौँ’ ओमसतिया गाउँपालिका स्थानीय दिलबहादुर चौधरीले भने, जसले एकापसमा भाइचारा, प्रेमभाव बढ्नुका साथै समुदायको पहिचान र संस्कृतिको प्रवद्र्धनमा समेत टेवा पुगेको छ।’

रूपन्देहीका थारू समुदायले विभिन्न स्थानमा महोत्सव आयोजना गरी माघी पर्व मनाउँदै छन्। विभिन्न स्थानमा आयोजना भएको माघी महोत्सवमा आयोजकहरूले झाँकी सहितको थारू कलाको प्रदर्शनी, थारू सांस्कृतिक नाच, झुमरा नाच, झमटा नाच, लाठी नाचलगायत प्रदर्शन गरिरहेका छन्।

‘हम्मन संस्कृति, हम्मन पहिचान, संवद्र्धन कयना हम्मनके अभियान’ भन्ने नारासहित ओमसतिया सांस्कृतिक युवा क्लबले ओमसतियाको हाटीफर्साटिकरमा दोस्रो खिचडी महोत्सव एवं सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

आयोजकका अनुसार महोत्सवमा मनोरञ्जनका साथै थारू खानाहरू घोंघी, खिचडी, माछा, ढिकरीलगायतको स्वादसमेत चखाइँदै छ। सलमान खानले अन्नपुर्ण पोष्टमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७