बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।