स्वास्थ्य

खाली पेटमा भुलेर पनि नखानुहोस् यी ९ खानेकुरा, फेरि बिष बन्ला !

खाली पेटमा भुलेर पनि नखानुहोस् यी ९ खानेकुरा, फेरि बिष बन्ला !

हरेक मानिस स्वस्थ रहन उसको जीवनशैली र खानपान विशेष कारक मानिन्छ । अझ कुन समयमा के खाने के नखाने लगायतका विषयले समेत मानिसको स्वास्थ्यमा असर पार्दछ ।

हामीले कुन समय के खाने भन्नेमा विशेष ध्यान दिनुपर्छ । बिहान उठेपछि खाली पेटमा एसिडको मात्रा अत्याधिक हुने भएकाले बिहान बिहान खान नहुने केहि खानेकुरा हुन्छन् ।

यस्तो अवस्थामा बढी एसिडिटीयुक्त खानेकुरा खाँदा शरीरको पाचनशक्तिमा गढबढ आउँनसक्छ ।

तसर्थ खालीपेटमा के के खानु हुदैन न त ? थाहा पाइ राख्दा राम्रो हुन्छ ।

ग्रीन टी वा दुध हालेको चिया

धेरैजसो व्यक्ति विहान उठेपछि ग्रीन टी वा दुध हालेको चिया पिउने गर्छन् । तर यसले स्वास्थ्यमा नराम्रो असर पार्दछ । चियामा रहेको कैफीन तत्वबाट शरीरमा एसिडको मात्रा बढ्न जान्छ र पाचनशक्तिमा समस्या गर्छ ।

गोलभेँडा

गोलभेँडामा अत्याधिक एसिड हुन्छ । यसले एसिडिटीको खतरा बढाउँने गर्दछ । त्यसैले विहान उठ्ने वितिकै गोलभेँडको परिकार नखाँनु राम्रो मानिन्छ ।

दुध

दुधमा सैच्युरेटेड र प्रोटिनको मात्रा बढी मात्रामा पाइन्छ । यसले पेटको मांसपेशीलाई कमजोर बनाउँने काम गर्छ । साथै विहान खाली पेटमा दुध पिउँदा खोकी समेत लाग्दछ ।

दहि

दुधका अलावा बिहान दुधबाट बनेका उत्पादन पनि सेवन गर्नु राम्रो मानिदैन । बिहानै दही खानु हुदैन । दहीबाट पेटमा हाइड्रोक्लोरिक एसिड बढ्ने गर्छ । र, यसमा भएको ल्याक्टिक एसिडबाट ब्याक्टेरियालाई नष्ट गर्छ ।

केरा

प्रायः मानिस तौल बढाउन बिहान बिहानै केरा खाने गर्दछन् । तर बिहान केरा खाँदा यसले शरीरको पाचनप्रक्रिया बिर्गाने खतरा हुन्छ । बिहानै केरा सेवन गर्दा क्यालसियम र म्याग्नेशियमको सन्तुलन बिग्रन्छ ।

सखरखण्ड

स्वादमा राम्रो मानिए पनि बिहान बिहान खाली पेटमा सखरखण्ड खादाँ यसले शरीरमा फाइदा गर्दैन । सखरखण्डमा टेनिन र पेक्टिन पाइन्छ, जसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या बढ्दछ ।

सोडा

खाली पेटमा ज्यादा कार्बोनेटयुक्त केहि खानु हुदैन । विशेषतः खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । साथै एसिडको समस्याले छाति दुख्ने पोल्ने हुनसक्छ ।

औषधि

आवश्यकता र प्राथमिकता बाहेकका औषधिलाई बिहान खाली पेटमा खानु हुदैन । अन्यथा औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्वहरुसँग मिलि रसायनिक प्रतिक्रिया बनाउँछ । यसले स्वास्थ्यमा ठुलो असर पर्दछ । तसर्थ अनिवार्य औषधि बाहेक केहि खाएर खानु मात्र उपयुक्त हुन्छ ।

Woman in green with a banana

अल्कोहल

अल्कोहल आफैंमा हानिकारक छ । त्यसमा पनि खाली पेटमा अल्कोहल खादाँ छिट्टै नशा लाग्छ साथै पेटमा जलनका साथै अन्य समस्या समेत निम्त्याउँछ । त्यसैले बिहान केही नखाइकन अल्कोहल खानु घा-तक हुन्छ ।

यो पनि- तपाईलाई थाहा छ ,चुकन्दर कति स्वस्थ्यवर्द्धक छ ?

सलादको रुपमा धेरैले चुकन्दर सेवन गर्छन् । गाढा रातो रंगको चुकन्दर सलगम जस्तै हुन्छ । चुकन्दर रातो हुन्छ । यसले शरीरमा रगतको मात्रा बढाउन सहयोग गर्छ । यसमा आइरन पाइन्छ । आइरनका साथै यो भिटामिन सिको राम्रो स्रोत हो । यसको नियमित सेवनले भिटामिन ए, बी, बी-१, बी-२, बी-६ र भिटामिन सिको पूर्ति गराउँछ ।

धेरैलाई थाहा छैन कि, चुकन्दरमा फलाम तत्व अधिक हुँदैन । तर, यसबाट प्राप्त हुने फलाम तत्व उच्च गुणवत्ता हुन्छ । जसले रक्र निर्माण्मा विशेष महत्वपूर्ण भूमिका खेल्छ । यहि कारण चुकन्दर चुकन्दरको सेवनले शरीरको अनेकौ हानिकारक पदार्थ बाहिर निकाल्न फाइदाजनक मानिन्छ ।

पात पनि फाइदाजनक

चुकन्दरको पात पनि निकै फाइदाजन मानिन्छ । चुकन्दरको पातमा फलको तुलनामा धेरै मात्रामा फलाम तत्व पाइन्छ । पत्तामा भिटामिन ए पनि भरपुर मात्रामा पाइन्छ ।

पातको सेवनले पनि शरीरको विकारयुक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । यसले प्राकृतिक क्लिन्जरको रुपमा काम गर्छ । चुकन्दरमा पोटाशियम, सोडियम, क्याल्शियम, म्यानिज, फाइबर आदि पर्याप्त हुन्छ ।

सुपाच्य खाद्य पदार्थ भएकाले चुकन्दरको सेवनले पर्याप्त उर्जा पनि प्रदान गर्छ ।

चुकन्दरको गाढा रातो रंग के हो ?

हेर्दै रहरलाग्दो गाढा रातो रंग हुन्छ, चुकन्दरको । आम बुझाई छ, यो रातो रंग फलाम तत्वको प्रचुरताको कारण हुन्छ । यद्यपी सत्य के हो भने, चुकन्दरको गाढा रातो रंग यसमा पाइने एक रंगकण अर्थात बीटा सायनिनको कारण हुन्छ । चुकन्दरमा पाइने फोलिक एसिड, पोटेशियम वा मुलायम रेशाले पनि यसको पौष्टिक गुणलाई बढाउँछ ।

एन्टी अक्सिडेन्ट गुणको कारण यो रंगकण स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ ।

चुकन्दरमा पाइने फोलिक एसिड, पोटेशियम वा मुलायम रेशाले पनि यसको पौष्टिक गुण बढाउँछ । चुकन्दरको नियमित सेवनले सम्पूर्ण शरीरलाई निरोगी राख्छ ।

हाल हाम्रो दैनिक आहारमा चुकन्दरले उचित स्थान पाएको छैन । यद्यपी नियमित रुपमा यसको सेवनले कतिपय रोग निर्मूल हुन्छ । साथसाथै यो सौन्दर्यको पनि खजना हो । यसले हेमोग्लोबिन बढाउँछ, फलत अनुहारको चमक बढ्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७