Breaking

पोखरामा बालिकाको मुन्द्रा चोरी गरेको आरोपमा २२ बर्षिया युवती पक्राउ

पोखरामा बालिकाको मुन्द्रा चोरी गरेको आरोपमा २२ बर्षिया युवती पक्राउ

– सुरेश हमाल

पोखरा-९ पृथ्वीचोक स्थित पोखरा मल भित्रबाट सोमबार दिउँसो २.३० बजेको समयमा पाँच वर्षीया बालिकालाई ललाई फकाई एकान्तमा लगेर कानमा लगाएका मुन्द्रा झिकेर चोरी गरेको आरोपमा प्रहरीले पोखरा-११ निवासी २२ वर्षीया एलिना गुरुङलाई पक्राउ गरी सार्वजनिक गरेको हो । एलिनासँगै अनुसन्धानको लागि पोखरा-११ रानीपौवा स्थित सुन पसल संचालन गर्ने ३० वर्षीय विजय सुनारलाई समेत कास्की प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले एलिना सोमबार साँझ ५.३० बजे पोखराको पालिखे चोकबाट पक्राउ परेकी हुन् भने सुन पसले सुनारलाई मंगलबार अनुसन्धानका लागि पक्राउ गरेको हो ।

पोखरा-७ घारीपाटन निवासी रमिला पौडेलकी पाँच वर्षीया छोरीको मुन्द्रा चोरी भागेको सूचना र प्राप्त हुलीयाको आधारमा चोरीमा सम्लग्न गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले हिमालय दैनिकलाई दिए ।

उनीहरु दुुबै जनालाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७