मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परेर उर्लाबारी नगरपालिका–८ खाइवाचोककी ७ वर्षीया अदिती ओझाको मृत्यु भएको हो।
सोमबार दिउसो २ः३० बजेतिर उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घाइते
अदितीलाई को २० प ९७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए।
अटोबाट ओर्लने क्रममा मोटरसाइकलले अदितीलाई ठक्कर दिएको थियो। उनकी आमा विपिशा ओझाका अनुसार सोमबार दिउसो २ः३० बजेतिर उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन्।