धर्म/ संस्कृति

यी ५ सपना भुलेरपनि अरुलाई नसुनाउनुस्, नत्र मिल्दैन फल

यी ५ सपना भुलेरपनि अरुलाई नसुनाउनुस्, नत्र मिल्दैन फल

सपनाको आ–आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना देख्छन्। हिन्दु मान्यता अनुसार हरेक सपनाको एक विशेष फल अवश्य प्राप्त हुन्छ।

सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ। तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं।

प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ। प्रायः मान्छेहरुले निन्द्राबाट बिउझिंदा आफूले देखेका सपनाहरु बिर्सिने गर्छन्।

त्यसैले उनीहरुलाई सपनामा देखेका कुराहरुले जीवनमा पारेको असरबारे थाहा हुँदैन। प्राय मान्छेहरु रातको समय मा देखेको सपना विहान उठ्नासाथ आफ्ना परिवारका अन्य सदस्यलाई सुनाउने गर्छन्।

तर यदि आफूले देखेका केही अचम्मलाग्दा सपनाहरु निन्द्राबाट बिउँझिने बितिकै अरुलाई सुनाउने गर्दा तपाईलाई त्यस सपनाको फल प्राप्त नहुने साथै यसले तपाईको जीवनमा पर्ने प्रभाव घट्दै जान्छ।

यस्ता केही पाँच वटा सपनाबारे जानकारी दिदैछाैँ ।

आफूलाई मृ-त
यदि तपाईले निन्द्राको समयमा आफैलाई मृ-त अवस्थामा देख्नुभएमा धेरै डर लाग्न सक्ने भएपनि अन्यन्त शुभ हुने गर्छ। यो सपनाको अर्थ तपाईका जीवनमा आइपरेका हरेक समस्याहरुको अन्त्य हुँदै जानेछन्।

हराभरा बगैंचा र रुखमा फल
यदि सपनामा तपाईको घर वरिपरि वा नजिक कतै सुन्दर बगैंचा साथै कुनै रुखमा फल लागेको देख्नु धेरै शुभ मान्ने मान्ने गरिन्छ।

यो सपनाको अर्थ तपाईले जीवनमा चाहे जति खुशी प्राप्त गर्न सक्नुहुन्छ र आउने दिनहरुमा आर्थिक रुपले सम्पन्न हुने योग रहने छ।

सानो माछा देखेमा

माछालाई देवताको प्रतिक समेत मान्ने गरिन्छ। यदि सपनामा सानो माछा पकाएको वा खाएको देख्नुभएमा यसको मतलब तपाईलाई आकस्मिक धन लाभ हुनुको साथै सुख प्राप्ति हुने गर्छ।

सपनामा सर्प देखेमा

सपनामा साँप देख्दा जो कोहि डराउने गर्छन वा घृणा गर्न सक्छन तर यसरी सुतेको समयमा साँप देख्नु अन्यन्तै शुभ मान्ने गरिन्छ।

यदि तपाईलाई साँपले लखेटेको ,घेरेको वा टो-केको देख्नु भएमा यो जान्नुहोस् कि तपाईको जीवनमा ठूलो मान–सम्मान,धन प्राप्त गर्नुका साथै तपाईका हरेक कदम प्रगति उन्मुख हुनेछन्।

बलिरहेको दियोको साथमा भगवान प्रकट
तपाईले सपनामा बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देख्नु भएमा धेरै शुभ हुने गर्छ। यसरी सपनामा बलिरहेको दियो देख्नु भएमा तपाईको जीवनमा नयाँनयाँ अवसरहरु प्राप्त हुँदै जानेछन।

यसको साथमा कुनै देव देवता प्रकट भएको देख्नुभएमा तपाईको जीवनमा ठूलो सफलता मिल्नुको साथै सधैंब खुशीयाली छाउन सक्छ।

बुधबारलाई किन शुभबार मानिन्छ ?

भनिन्छ सोम खेती बुध घर । यसको अर्थ हो कुनै खेती गर्दै हुनुहुन्छ भने सुरुवात सोमबार गर्नुस् । तर तपाईं नयाँ घरमा प्रवेश गर्दै हुनुहुन्छ या नयाँ कामको शुरुवा’त गर्दै हुनुहुन्छ भने बुधबार अति उत्तम दिन हो ।

‘बुध‘ ग्रहको लागि समर्पित हुने बार नै बुधबार हो । बुधबारको दिन विशेष गरी वि’थाल देव (कृष्णको अवतार) को पुजा गरिन्छ । धर्मशास्त्र अनुसार, विथाल देवको पुजा गर्दा तुलसीको पातले गर्नु पर्दछ ।

कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वा’स गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७