केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ । विद्यार्थीको लागि दिनको एउटा केरा खानु आवश्यक छ। यसले दिमागको तागत बढाउँछ र स्मरणशक्ति तेजिलो बनाउँछ। शारीरिक व्यायाम गर्ने व्यक्तीले केरा खानु अत्यन्त जरुरी छ। यसमा भएको पोटाशियमबाट तागत तुरुन्त मिल्छ।
हाम्रो घर वरीपरी र बजारमा सजिलै पाइने फल हो केरा । खाँदा निकै मिठो हुने केरामा प्रशस्त मात्रामा भिटामिन बी र भिटामीन सी पाइन्छ ।
शरिरको लाथिग फाइदाजनक मानिने केरा कुनै अवस्थामा भने हानिकारक पनि हुन्छ । कुनै बेला केराको सेवनले ठूलो समस्या निम्त्याउन पनि सक्छ ।
त्यसैले सकेसम्म केरा कम खानु नै राम्रो हुन्छ । एकैपटक धेरै केरा खानुहुँदैन । केरा बढी खाएमा यसमा पाइने थायमिन नामक तत्वले माइग्रेन र टाउको दुख्ने बढ्ने हुन्छ । केरामा प्रशस्त सुगर, कार्बोहाइड्रेड, क्यालोरी पाइने हुनाले यसले शरिरको तौल बढाउछ ।
केरामा पोटासियम बढी हुने हुनाले असामान्य रूपमा मुटुको धड्कन बढ्न सक्छ । जसले एन्जाइटीजस्तो समस्या ल्याउनछ । यदि यस्तो भएमा निद्रा नलाग्ने, डर लाग्ने हुन सक्छ । केरामा पाइने भिटामिन बी-६ ले स्नायु प्रणालीलाई असर गर्ने सम्भावना हुन्छ ।
केहि रोगका मानिसहरुले केरा खानु भनेको विष खानु सरह हुन्छ ।
१. मोटोपनको समस्या
यसमा क्यालरी बढी हुन्छ र तौल बढाउने गर्छ। यसकारण मोटोपनको समस्या भएका व्यक्तीले केरा नखानु राम्रो हुन्छ।
२ मांशपेशी कम्जोर हुन्छ
यसमा प्रोटिन कम हुन्छ। त्यसैले मांसपेशी कमजोर हुने व्यक्तीले केरा खानु हुदैन।
३ . ग्यास्ट्रिकको समस्या हुने व्यक्ती
ग्यास्ट्रिकको रोगीले पनि केरा खानुहुदैन।
४. टाउको दुख्ने रोग
यसमा थायरेमिन हुन्छ। केरा खानाले टाउको दुख्ने र माइग्रेनको असर बढ्छ ।
तर डि*प्रेशनका व्यक्तिलाई पनि केराले निकै फाईदा पुराउँछ। यसमा भएको अमीनो एसिडको अधिक मात्राले हार्मोनको लेवल सन्तुलन रहन्छ र मुड पनि राम्रो रहन्छ।
१. कमजोरी हटाउँछ
यसमा भिटामिन सी हुन्छ। जसको कारण कमजोरी हट्छ र तागत मिल्छ।
२ . दिमाग तेज
यसमा भिटामिन बी 6 हुन्छ, जसले दिमागलाई तेजिलो बनाउँछ।
३. मुटू रोगको समस्याबाट छुटकारा
केरामा भएको पोटाशियमले मुटू रोगको समस्याबाट बचाउँछ।
एजेन्सी