Breaking

बदलिँदै सवारी ‘ट्रायल’को नियम: ६० प्रतिशत अंक ल्याउनेले लाइसेन्स पाउने

बदलिँदै सवारी ‘ट्रायल’को नियम: ६० प्रतिशत अंक ल्याउनेले लाइसेन्स पाउने

सरकारले सरकारले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्ने तयारी गरेको छ । अब प्रयोगात्मक परीक्षा दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क कायम गरिने भएको छ ।

सवारीको ट्रायल परीक्षा दिँदा तोकिएको उत्तीर्णाङ्क ल्याउनुपर्ने व्यवस्था गर्न लागिएको हो ।

अहिले प्रयोगात्मक परीक्षाका सबै प्यारामिटरमा शतप्रतिशत अंक ल्याउनुपर्छ । ट्रायल दिँदा एउटा मात्रै गल्ती भयो भने परीक्षामा फेल गराइन्छ । हाल प्रयोगात्मक परीक्षा दिँदा सडकमा राम्रो सवारी चलाउन नसक्नेले पनि सबै प्याराममिटर सजिलै पार गर्न नसक्ने अवस्था रहेकाले अब उत्तीर्णाङ्क तोकेर परीक्षा लिने व्यवस्था गर्न लागिएको बताइएको छ ।

अब प्रयोगात्मक परीक्षाका गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइनेछ भने सजिला प्याराममिटरलाई कम अंकभार छुट्याइनेछ । त्यसका आधारमा पूर्णाङ्कमा कम्तिमा ६० अंक प्रतिशत ल्याउनेलाई चालक अनुमतिपत्र दिने व्यवस्था गर्न लागिएको मन्त्रालयले बताएको छ ।

अब फिगर-8 टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, यू टर्न टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, र्‍याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटरलाई फरक-फरक अंकभर दिएर परीक्षा लिइनेछ । त्यसमध्ये कुनै प्यारामिटरमा गल्ती गरेपनि तोकिएको अंकभार पार गरेमा सवारी लाइसेन्स लिन पाइनेछ ।

यो व्यवस्थापछि नक्कली लाइसेन्स लिने र घुस दिएर सवारी चालक अनुमतिपत्र निकाल्ने प्रवृत्तिमा पनि कमी आउने मन्त्रालयको दावी छ ।

यस्तो व्यवस्थापछि ट्रायल पास गर्न नसक्ने भन्दै आत्मविश्वास गुमाएका चालकहरु पनि अवैध बाटोबाट लाइसेन्स निकाल्न नजाने सरकारको दाबि रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७