Breaking

लाइसेन्स आवेदनको कोटा सिस्टम हट्ने, कसरी भर्ने फारम ?

लाइसेन्स आवेदनको कोटा सिस्टम हट्ने, कसरी भर्ने फारम ?

सवारी चालक अनुमति पत्रकाे अनलाइन आवेदन फारम भर्न लागू गरिएको कोटा सिस्टम हट्ने भएको छ। यसको लागि सर्भरको क्षमता बढाउने लगायतको काम भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।

‘सेवाग्राहीबाट फारम भर्न कठिन भयो भन्ने गुनासो धेरै आयो त्यसकारण ‘अनलिमिटेड’ बनाउन लागेका हौं,’ हमालले भने। तयारी पूरा भए बिहीबारबाट अनलिमिटेड बनाउने र त्यो दिन सम्भव नभए आइतबारदेखि गर्ने उनले जानकारी दिए।

यसरी फारम भर्दा एकैपटक धेरैले भरे पनि सिस्टमले वेटिङमा राखेर बायोम्याट्रिकको मिति तोक्ने उनले बताए।

यातायात व्यवस्था विभागले गत पुस १४ गतेदेखि आवदेन खुला गरेको थियो। आवेदन खुला भए पनि कोटा सिस्टम फारम भर्नेको संङ्ख्या अधिक भएकोले अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए।

अनलाइन फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा जाने।

पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।

नयाँ पेज देखिएपछि क्याटोगोरीमा गई नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपिमध्ये एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने।

अनि व्यक्तिगत विवरण भरेर आफूलाई पायक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने। त्यसपछि ‘एप्लिकेन्ट सेभ्ड् सक्सेसफुल्ली’ देखिन्छ। त्यहाँ ओकेमा क्लिक र अन्त्यमा प्रिन्टमा क्लिक गरेपछि तपाईंको फारम भरिन्छ।

विभागका अनुसार सेवाग्राहीले बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७