पत्रपत्रिकाबाट

गायक प्रमोद खरेलले उजुरी दिएपछि लेना शर्मा पक्राउ

गायक प्रमोद खरेलले उजुरी दिएपछि लेना शर्मा पक्राउ

काठमाडौं : बिन्दबासिनी म्युजिक कम्पनीकी कार्यकारी प्रमुख लेना शर्मा रेग्मीलाई प्रहरीले प्रक्राउ गरेको छ। उनी बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीकी पत्नी हुन्। कम्पनीले सष्टाको प्रतिलिपी अधिकार हनन् गरेको उजुरीका आधारमा आवश्यक अनुसन्धानका लागि शर्मालाई प्रक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।

‘सरकारवादी मु-द्धा अगाडि बढाउने, प्रमाण जुटाउने काम प्रहरीको भएकाले प्रक्रियाअनुसार नै उनलाई प्रक्राउ गरिएको हो।’ प्रक्राउ गरेर उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान

गायक प्रमोद खरेलले तीन दिन अघि आफ्नो प्रतिलिपी अधिकार हनन् भएको, सञ्चालकले आफ्नो मानहानी गरेको र करार उल्लंघन गरेको लगायतको विषयमा प्रहरी समक्ष उजुरी दिएका थिए।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रमेश विष्टका अनुसार लेनालाई साँझ ६ बजे धुम्वाराही आसपासबाट प्रक्राउ गरिएको हो। उनले प्रतिलिपी अधिकार हननको विषयमा प्रहरीसँग आएको उजुरीमाथि अनुसन्धान गरी आवश्यक प्रमाण जुटाउनका लागी रेग्मीलाई नियन्त्रणमा लिएको जानकारी दिए। विष्ट भन्छन्, ‘सरकारवादी मु-द्धा अगाडि बढाउने, प्रमाण जुटाउने काम प्रहरीको भएकाले प्रक्रियाअनुसार नै उनलाई प्रक्राउ गरिएको हो।’ प्रक्राउ गरेर उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान शुरु गरिएको छ।

प्रमोदले प्रहरीमा उजुरी दिएपछि म्युजिक कम्पनीका सञ्चालकलाई कारवाहीको माग गर्दै ५७ जना गायक गायिका, सष्टा सर्जकले महानगरीय प्रहरी परिसरमा निवेदन दिएका थिए। प्रस्तोता समाज नेपालको अगुवाइमा यो निवेदन पेश गरिएको हो। प्रस्तोता समाजले प्रमोद खरेललाई अन्तराष्ट्रिय कानुन, नेपालको संविधान २०७२, प्रतिलिपी अधिकार २०५९ र नियमावली २०६१ अनुसार आफ्नो अधिकार खोज्नका लागी सुझाव दिएका थिए।

‘स्वर भरेर शब्दमा प्राण भर्ने पनि हामी तर हाम्रा सिर्जना बेचेर खाने म्युजिक कम्पनी। यो त सरासर ठगी हो। संगीतका दलालीहरुलाई कानुनी कठघरामा ल्याउनका

प्रतिलिपी अधिकार हननको विषयमा सष्टा, सर्जक र म्युजिक कम्पनी सञ्चालकबीच बेलाबेला मुद्धामामला चल्ने गर्छ। यसअघि पनि म्युजिक नेपालविरुद्ध सष्टा सर्जक कानुनी उपचारमा गएका थिए। ‘बजार प्रमोसन गरिदिने करार गरेर विश्वका अनेकौ अनलाइन पोर्टलहरुमा हाम्रा गीत बेचिरहेछ म्युजिक कम्पनी।

दुख गरेर गित सिर्जना गर्ने हामी। मरिमेटेर संगीत भर्ने पनि हामी।’ संगीतकार लक्ष्मण शेष भन्छन्, ‘स्वर भरेर शब्दमा प्राण भर्ने पनि हामी तर हाम्रा सिर्जना बेचेर खाने म्युजिक कम्पनी। यो त सरासर ठगी हो। संगीतका दलालीहरुलाई कानुनी कठघरामा ल्याउनका लागी हामी लागिपरेका छौँ।’

बिन्दबासिनी र प्रमोदको विवाद के थियो ?

गायक खरेलका अनुसार उनको तेस्रो गीती एल्बम ‘प्रणय’का केहि गीतमा वि-वाद बढेको हो। जसअनुसार प्रणय एल्बम बिक्रि वितरण तथा एल्बम प्रकाशनको लागि प्रमोदले विन्दवासिनी म्युजिक कम्पनीलाई ५ वर्षको लागी सम्झौता गरेका थिए। यसक्रममा कम्पनीबाट उनले एक लाख दश हजार बुझेका थिए।

एल्बमको पहिलो गीतको भिडियो बनाउनको लागी कम्पनीले एक लाख दिने गरी सम्झौता भएको थियो। जसमा २ लाख बराबर प्रमोशन खर्च कम्पनीले गरिदिने शर्त राखिएको थियो। जसमा कम्पनीले गरेका खर्च गीतको आम्दानी पश्चात प्रमोदको रोयल्टीबाट कटौती गर्ने र त्यसपछि प्रमोद आम्दानीको हिस्सेदार बन्ने सहमति भएको थियो।

प्रमोदका अनुसार गीतको सबै खर्च मेलै पाउने रोयल्टीबाट असुल गरिएपछि गीतको निर्माता आफू भएको दावी छ। गीतको बाँकी खर्च र विमोचन पनि आफुले गरेको जनाएका छन्। एल्बमको दोस्रो गीत याद गर्नपनि कम्पनीले नबनाएपछि प्रमोदले नै निर्माण गरे। करारमा एल्बमको सम्पुर्ण अधिकार आफुमा रहेको र करार पाँच वर्षको मात्र भएको उनले बताएका छन्। करार सकिएपछि पनि उत्त गीतको अधिकार आफुमा रहेको भन्दै कम्पनी संचालकले आफुलाई बारम्बार मान-सिक टर्चर दिने र अन्टसन्ट आ-रोप लगाउँदै मानहा-नी गरेको प्रमोदले बताएका छन्।

प्रमोदका अनुसार कम्पनीले अहिलेसम्मको कुनै हिसाब किताब पनि नबुझाएको र वार्तामा बस्ने वातावरण पनि नरहेकाले आफु कानुनी उपचारमा जान परेको बताएका छन्। आफ्नो एल्बम फिर्ता मागेकै भरमा कम्पनी सन्चालकले गरेको व्यववहारले आफूलाई हतोत्साहित बनाउने प्रयास गरेको बताएका छन्। अजवी पौड्यालले अन्नपुर्ण पोष्टमा समाचार लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७