राजनीति

प्रचण्ड र माधव नेपाल कार्यकर्ता भेलालाई सम्बेधन गर्न पोखरा आउने

प्रचण्ड र माधव नेपाल कार्यकर्ता भेलालाई सम्बेधन गर्न पोखरा आउने

– सुरेश हमाल

पोखरा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पोखरा आउने भएका छन् । प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई सम्बेधन गर्न उनीहरु मंगलबार पोखरा आउन लागेका हुन् ।

अध्यक्षद्वयसहित पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पार्टी भेलामा सामेल हुने बताइएको छ । बिहान ८ बजे अध्यक्षद्वय पोखरा आइपुग्ने र पोखरा ११ शितलादेविस्थित एसआर केसी बैंक्युटमा ११ बजेदेखि कार्यक्रम सुरु हुने पार्टीका कास्की अध्यक्ष राजकाजी गुरुङले जानकारी दिए ।

त्यस्तै यसअघि प्रचण्ड नेपाल पक्षका नेता योगेश भट्टराई र देवेन्द्र पौडेलले पनि कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७