धर्म/ संस्कृति

तपाईको कुन राशि ? यी ४ राशिका हुन्छन् सबै भन्दा धेरै दुश्मन !

तपाईको कुन राशि ? यी ४ राशिका हुन्छन् सबै भन्दा धेरै दुश्मन !

एजेन्सी- जन्म समय अनुसार हरेक मानिसहरुलाई ज्योतिषशास्त्रले १२ वटा राशिमा विभाजित गरेको छ। जन्मसमयमा हुने ग्रह र नक्षत्रको स्थिति हेरेर राशि निर्धारण गर्नेगरिन्छ। १२ वटा राशिको फरक-फरक भाग्य हुने मात्र नभई व्यवहार समेत फरक-फरक हुन्छ।

मित्र मात्र होइन दुश्मन पनि हरेक व्यक्तिको हुन्छ। फरक यति हो की केहिका धेरै दुश्मन हुन्छन् भने केहिका कम। ज्योतिषशास्त्रलाई आधार मान्ने हो भने निम्न ४ राशि हुनेहरुको सबै भन्दा धेरै दुश्मन हुन्छन्।

मेष राशि

भाग्यले साथ दिने यस राशि हुनेहरु सजिलै प्रगति गर्छन्। त्यति मात्र नभई सफल हुनको लागि दुखै गर्न पनि पछि हट्दैनन्। अलग सोच र प्रतिभाको कारण मेष राशि हुनेहरुलाई रिस गर्ने धेरै हुन्छन्। मेष राशि हुनेहरुले सफलतामा बाधा उत्पन्न गराउन खोज्ने देखि सचेत रहनु पर्ने हुन्छ।

कर्कट राशि

व्यवहारको कुरा गर्नुपर्दा कर्कट राशि हुनेहरु खुला दिलका हुन्छन्। मनमा लागेको कुरा मनमै लुकाउने भन्दा पनि फ्याट्ट भन्ने यिन्को बानि हुन्छ। यहि बानिको कारण कर्कट राशि हुनेहरुको धेरै दुश्मन हुन्छन्। यति मात्र नभई केहि मात्रामा रिसाहा हुनाले पनि कर्कट राशि हुनेहरुले छिट्टै दुश्मन कमाउँछन्।

मकर राशि

जस्तो सुकै परिस्थितिमा पनि नझुक्ने प्रवृतिको कारण यस राशि हुनेहरु हत्त-पत्त झुक्दैनन्। यहि कारणले गर्दै मकर राशि हुनेहरुका पनि धेरै दुश्मन हुन्छन्। कतै गलत भएको देख्न नसक्ने हुँदा पनि मकर राशिका दुश्मन धेरै हुन्छन्। तर मकर राशि हुनेहरु दुश्मनीको कारण विचल्लित भने कहिले हुँदैनन्।

वृश्चिक राशि

बोल्ने काममा अनियन्त्रित मानिने वृश्चिक राशि हुनेहरु परिस्थितिको विचार गर्दैनन्। यहि कारणले गर्दा वृश्चिक राशि हुनेहरुको धेरै दुश्मन हुन्छन्। त्यति मात्र नभई कहिले काहीं अरुलाई दबाउन खोज्ने बानिको कारण पनि वृश्चिक राशि हुनेहरुका धेरै दुश्मन हुन्छन्।

यो पनि- धर्मशास्त्र : यी हुन् एकाबिहानै ‘ॐ’ उच्चारण गर्दा हुने फाइदा

एकाबिहानै उठेर ॐ उच्चारण गर्ने व्यक्तिलाई आनन्दको अनुभव हुन्छ । ॐकारको उच्चारणले स्वास्थ्यलाई पनि धेरै फाइदा पुर्‍याउँछ ।

ॐ उच्चारण फाइदाहरूको चर्चा गर्नुअघि यसमा निहीत वर्णहरूको कुरा गरौं । ॐ तीन वर्णबाट बनेको छ र तीनै वर्णको आआफ्नै अर्थ छ । अ को अर्थ उत्पन्न हुनु, उ को अर्थ उठ्नु वा विकास र म को अर्थ मौन अर्थात् ब्रह्मलीन हुनु हो । त्यसैले ॐ आफैंमा सम्पूर्ण ब्रह्माण्डको उत्पत्ति र सृष्टिको द्योतक हो ।

ॐको उच्चारण गर्ने आफ्नै तरिका छ । तपाईं ॐ को उच्चारण अलग अलग योग अवस्थामा गर्न सक्नुहुन्छ :

पद्मासन, अर्धपद्मासन, सुखासन र वज्रासन तथा मालाको प्रयोग गरेर पनि तपाईं ॐकारको उच्चारण गर्न सक्नुहुन्छ ।

ॐ को उच्चारण गर्दा गलामा कम्पन उत्पन्न हुन्छ जसका कारण मेरुदण्डको हाड प्रभावित हुन्छ । दिनभरि काम गर्ने क्षमता यसबाट बढ्छ अनि तपाईं सक्रिय हुनुहुन्छ ।

ॐ उच्चारण गर्दै प्राणायाम गर्दा कमजोर फोक्सो पनि बलियो हुन्छ । दमको रोगीले ॐ जप गर्दा फाइदा पुग्छ ।

निद्रा नलाग्ने समस्या भएका मानिसले ॐ जपेको राम्रो हुन्छ ।

ॐ को उच्चारणले तपाईंको शरीरलाई थकाइ लाग्दैन र स्फुर्ति उत्पन्न हुन्छ । शरीर ऊर्जाशील भएर व्यक्ति दिनभरि सक्रिय हुन्छ । भिटामिनको चक्की खानुभन्दा ॐ उच्चारण गरेको ठीक ।

ॐ उच्चारण गर्दा शरीरको पाचनक्रिया, मुटु र रक्तप्रवाहलाई पनि यसले राम्रो गर्छ ।

पैसा कमाउने चक्करमा भागदौड गरिरहेका मानिसलाई अनेकथरी तनाव हुन्छ । ॐ जप गर्दा तनाव कम हुन्छ र सोच्ने शक्ति प्राप्त हुन्छ । मन शान्त भयो भने समस्याको समाधान निकाल्न सहज हुन्छ ।

थाइरोइडको समस्या विकराल बन्दै गइरहेको छ । यसका लागि औषधि खानुभन्दा बिहानै उठेर ॐ उच्चारण गर्नुस् । गलामा कम्पन भएर थाइरोइड ग्रन्थिमा सकारात्मक प्रभाव पर्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७