पत्रपत्रिकाबाट

दम्पती मृत फेला : पतिको भन्दा १० घण्टापछि पत्‍नीको मृत्यु

दम्पती मृत फेला : पतिको भन्दा १० घण्टापछि पत्‍नीको मृत्यु

काठमाडौँ — काठमाडौंको टोखा नगरपालिका–३ स्थित ग्रिनभिला हाउजिङमा मृत अवस्थामा फेला परेका एक दम्पतीको मृत्युको कारण अझै खुलेको छैन । उमेश केसी र उनी पत्नी सुदीक्षा गिरीको श-व शुक्रबार राति अपार्टमेन्टमा भेटिएको थियो ।

उमेशको शव ओछ्यान र सुदीक्षाको घाँटीमा पा-सो लगाएर झु-न्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । शुक्रबार राति नै दुवै शव त्रिवि शिक्षण अस्पताल पुर्‍याएर प्रहरी अनुसन्धानमा जुटेको छ ।

एक प्रहरीका अनुसार उमेशको शव अर्धनग्न र ओछ्यानमा पल्टिएको अवस्थामा भेटिएको थियो । उनको देब्रेतर्फको टाउकोमा चो-टपटक लागेको थियो । नजिकै मसला पिस्ने सिलौटो र-गतले लत-पतिएको अवस्थामा भेटिएको छ । सुदीक्षाको श-व सलले पा-सो लगाइएको अवस्थामा प्रहरीले फेला पारेको थियो । त्रिवि शिक्षण अस्पतालमा दुवै शवको आइतबार पो-स्टमा-र्टम गरिएको छ ।

चिकित्सकले पो-स्टमा-र्टमको प्रारम्भिक रिपोर्टमा उमेशको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’बाट भएको उल्लेख गरेका छन् । उमेशको मृत्यु भएको करिब १०/१२ घण्टापछि सुदीक्षाको मृत्यु भएको जानकारी चिकित्सकले प्रहरीलाई गराएका छन् । घटनास्थलबाट बरामद गरिएका उमेश र सुदीक्षाका मोबाइल फोन लक गरिएकाले प्रहरीले खोल्न सकेको थिएन । दुवै मोबाइल लक खोलेर प्रमाण जुटाउन विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

आत्तिएर आफू बाहिर निस्किएको बयान दिएकी छन् । तर उनले किन त्यो घटना देखेर पनि करिब १० घण्टापछि मात्रै प्रहरीलाई खबर गरिन् भन्ने पनि शंकाको घेरामा

महानगरीय अ-पराध महाशाखाका एसएसपी दीपक थापाले ह-त्यापछि सुदीक्षाले आ-त्म-ह-त्या गरेको प्रारम्भिक अनुमान भए पनि मोबाइलबाट प्राप्त हुने तथ्य र पो-स्टमा-र्टम रिपोर्टपछि मात्रै सबै कुरा खुल्ने बताए । घटनास्थलमा मृ-तक सुदीक्षाकी दिदी शर्मिला भान्सातर्फको ढोकाबाट प्रवेश गरेको भनिएको विषयमा प्रहरी बढी केन्द्रित भएर अनुसन्धानमा जुटेको छ ।

शर्मिलाले आफू बिहीबार बिहान ११ बजेतिर बहिनीको कोठामा पुग्दा ढोका लगाएको र भान्सातर्फको ढोका ठेलेर भित्र पस्दा दुवैलाई मृ-त अवस्थामा फेला पारेको अनि आत्तिएर आफू बाहिर निस्किएको बयान दिएकी छन् । तर उनले किन त्यो घटना देखेर पनि करिब १० घण्टापछि मात्रै प्रहरीलाई खबर गरिन् भन्ने पनि शंकाको घेरामा छ । आफू आ-त्तिएर घटनाबारे जानकारी गराउन नसकेको जिकिर उनको छ । तर प्रहरीले यसलाई सहज रूपमा लिएको छैन । उनलाई कागज गराएर बोलाएका बेला उपस्थित हुने सर्तमा छोडिएको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल यस घटनाका पछाडि चारवटा कारण हुन सक्ने बताउँछन् । ‘घरायसी वि-वाद, कुराकानीका क्रममा निम्तिने आवेग, सुदीक्षा अमेरिका जान नपाएको र त्यसले निम्त्याउने कटुता, विवाह भएर पनि सन्तान हुन नसकेको र अन्तिममा तेस्रो पक्षको प्रवेश र यसमा उमेश–सुदीक्षालाई सिध्याएर अर्को पक्षले लिएको हुन सक्ने आर्थिक लाभ, यी कारणले घटना घटेको हुन सक्छ,’ उनले भने, ‘अनुसन्धानका सबै दायरालाई खुला राखेर तथ्य र प्रमाणमा प्रहरी केन्द्रित हुनुपर्छ ।’

अध्ययनका क्रममा २०७२ वैशाखमा अमेरिका पुगेका उमेश गएको कात्तिक ७ गते नेपाल आएका थिए । उनी माघ १ मा अमेरिका जाने तयारीमा थिए । कान्तिपुरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७