बजारमा आइतबार सुनको मूल्यमा प्रतितोला २ हजार ३ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ छ ।
प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा शुक्रबार कारोबार भएको छापावाला सुन आइतबार प्रतितोला २ हजार ३ सयले ओरालो लागेर ९३ हजार रुपैयाँमा कारोवार भयो । यस्तै तेजाबी सुन आइतबारका लागि प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा शुक्रबार कारोबार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आइतबार २ हजार ३ सय रुपैयाँले नै ओरालो लागेको हो ।
यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी तोलामा ६० रुपैयाँले घटेको हो ।