समाचार

घरभित्र मृत भेटिएका उमेश र सुदीक्षाको घटनाको कारण रहस्यमय

घरभित्र मृत भेटिएका उमेश र सुदीक्षाको घटनाको कारण रहस्यमय

अमेरिकामा बस्ने उमेश केसी छुट्टी मनाउन दसैंअघि काठमाडौं आएका थिए। उनका दाइ हिमेश केसीका अनुसार उनी नेपालीहरूले खोलेको सामाजिक सञ्जाल सगुनका लगानीकर्ता पनि थिए।

ललितपुर घर भएका ३४ वर्षीय उमेशले काठमाडौं फर्किएपछि टोखा नगरपालिका-३ ग्रान्डी भिलाको एक घर भाडामा लिए। त्यहाँ उनी श्रीमती सुदीक्षा गिरीसँग बस्थे। २९ वर्षीया सुदीक्षाको माइती घर सुर्खेत हो।

उमेश र सुदीक्षाको सन् २०१४ मा प्रेमविवाह भएको थियो।

केही महिना नेपाल बसेका उमेशको केही दिनमै अमेरिका फर्किने योजना थियो।

हेर्दा उनले सुदीक्षा झु-ण्डि-एकी देखिन्। यो घटनाबारे उनले तत्कालै प्रहरीलाई खबर गरिनन्। त्यो दृश्यले आफू विक्षिप्त भएकाले प्रहरीलाई खबर गर्न नसकेको उनले प्रहरीसमक्ष बयान

गत शुक्रबार सुदीक्षाकी दिदी शर्मिलाले उनलाई फोन र मेसेज गरेकी थिइन्। सुदीक्षाले त्यसको जवाफ फर्काएकी थिइनन्। सधैं फोन उठाउने बहिनीले पटक-पटक गर्दा पनि फोन नउठाएपछि उनी घरमै पुगिन्।

घर पुगेर बोलाउँदा पनि उमेश र सुदीक्षाले ढोका खोलेनन्। न त फोन नै उठाए। घन्टौंसम्म पनि देखा नपरेपछि उनले पछाडि पट्टीको ढोका जबरजस्ती तानिन्। ढोकामा भित्रबाट लक लगाइएको थियो।

ढोकाबाट हेर्दा उनले सुदीक्षा झु-ण्डि-एकी देखिन्। यो घटनाबारे उनले तत्कालै प्रहरीलाई खबर गरिनन्। त्यो दृश्यले आफू विक्षिप्त भएकाले प्रहरीलाई खबर गर्न नसकेको उनले प्रहरीसमक्ष बयान दिएकी छन्।

राति पौने ९ बजे उनले प्रहरीको कन्ट्रोलमा फोन गरिन्। फोन आएपछि प्रहरीको टोली घटनास्थल पुगेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले जानकारी दिए।

प्रहरी टोली घटनास्थलमा पुग्दा उमेशको श-व सुत्ने कोठामा फेला परेको थियो।

उनको टाउकोमा चो-ट लागेको थियो, नाक र कानबाट रग-त बगेको थियो। कोठामा रग त ल तप तिएको थियो।

उमेशको सुतिरहेकै अवस्थामा ह-त्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनी अर्धन-ग्न अवस्था (कट्टु र भित्री गन्जी)मा फेला परेका थिए।

सुदीक्षा घरको रेलिङमा झु-ण्डि-एको अवस्थामा फेला परेकी थिइन्।

दुबै जनाको श-व प्रहरीले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पो-ष्टम-र्टम गर्न पठायो। उनीहरूको आइतबार पो-ष्टम-र्टम भएको छ।

घटनाबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार प्रहरी पुग्दा उमेशको श-व गलिसकेको थियो भने सुदीक्षाको आलै थियो।

‘शवको प्रकृति हेर्दा उमेशको पहिले मृ-त्यु भएको देखिन्छ। किनकी उनको श-व गल्न थालिसकेको थियो,’ ती प्रहरी अधिकारीले भने,’सुदीक्षाको मृ-त्यु भएको धेरै भएजस्तो देखिएको थिएन। ताजा नै थियो।’

उमेशको मृत्यु भएको झन्डै १२ घन्टापछि सुदीक्षाले आ-त्म-ह-त्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

यो कुरा पो-ष्ट-म-र्टम रिपोर्टले पनि देखाएको उनले जानकारी दिए।

प्रहरीले घटनास्थलमा सिलौटो पनि भेटाएको थियो। जसलाई सुदीक्षाले ह-तियारको रूपमा प्रयोग गरेकी थिइन्। उनले उमेशको टाउकोको बाँयापट्टि प्र-हार गरेकी थिइन्।

त्यही कारण उनको मृत्यु भएको ती अधिकृतले बताए।

‘पो-ष्टम-र्टमको रिपोर्टअनुसार पनि सिलौटाले प्र-हार गरी ह-त्या गरेको देखिएको छ। बाँयापट्टि टाउको फ्या-क्चर भएको छ,’ उनले भने,’त्यसै कारणले मृत्यु भएको हो।’

सुदीक्षाको पो-ष्टम-र्टम रिपोर्ट उनको झु-न्डि-एका कारण मृ-त्यु भएको देखिएको छ।

प्रहरीले अरू कोही व्यक्ति भित्र गएर ह-त्या गरेर भागेको आधार नभेटिएको बताएको छ।

सुदीक्षाले उमेशलाई किन सिलौटाले हानिन् भन्ने कारण अहिलेसम्म पत्ता नलागेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनापछाडिको कारणहरू पनि खोज्न थालेको छ। दुबै जनाको मृत्यु भएको कारण ह-त्या गर्नुको कारण भेटाउन कठिन भएको अनुसन्धान गरिरहेका अधिकृतहरू बताउँछन्।

उनीहरू दुबै जनाको फोन लक छ।

प्रहरीले प्राविधिक टोलीको सहायताले सो लक हटाउने प्रयास गरिरहेको छ। प्रहरीले घटनास्थलबाट केही कागजातहरू पनि फेला पारेको छ। त्यसबाट पनि अहिलेसम्म मृत्युको कारण फेला नपरेको अप-राध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए।
युनिक श्रेष्ठले सेतोपाटीमा खबर लेखेका छन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७