समाचार

विराटनगर आउँदै गरेका युवक बसभित्रै मृत फेला

विराटनगर आउँदै गरेका युवक बसभित्रै मृत फेला

विराटनगर – झापाको केरखाबाट विराटनगर आउनका लागि बस चढेका युवक मृ-त भेटिएका छन् । आइतबार बिहान केरखाबाट बस चढेका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन् ।

उनी मे१ख ३३३३ नम्बरको बसमा चढेका थिए । विराटनगर बसपार्कमा सबै यात्रु ओर्लिएपछि उनी उत्रिएनन् । बसका कर्मचारीले हेर्दा मृ-त भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

मृ-त भेटिएका युवक उपचारका लागि विराटनगर आउँदै गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।

उनका अनुसार युवक मिर्गौला रोगी हुन् । उनी उपचारका लागि विराटनगरको नेशनल किड्नी सेन्टरमा आएका थिए ।बसको सिटमै मृ-त अवस्थामा फेला परेका उनी अन्य समयमा पनि सोही बसमा आउजाउ गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७