प्रवास

जापानमै अस्ताए बाग्लुङका पुर्ण !

जापानमै अस्ताए बाग्लुङका पुर्ण !

जापानमा एक नेपालीको निधन भएको छ। मृत्यु हुनेमा बाग्लुङको गल्कोट नगरपालिका वडा नं ४ खरुवाका ३८ वर्षीय पूर्ण खत्री छन्।

उनको शुक्रबार मृत्यु भएको बताइएको छ। उनी करिब ३ बर्ष अघि जापान गएका थिए। उनी जापानको सिजुओका प्रिफेक्चर फुजी सिटीमा कुक पेशामा काम गर्दै आएका थिए।

ब्रेन हेमरेजका कारण उनको निधन भएको बताईएको छ। उनको जापान स्थित फुजी नोउकेन हस्पिटलमा उपचारको क्रममा शुक्रवार बेलुकी मृत्यु भएको त्यहाँ कार्यरत नेपालीले बताएका छन् ।

मृतक खत्रीका नेपालमा ३ छोरी र १ छोरा रहेका छन्।

निकटतम पारिवारिक श्रोतका अनुसार उनको पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेको छ। उनको अन्तिम सँस्कार जापानमै गरिने भएको छ।

गल्कोट स्थायी घर भई हाल जापानमा रहेका गल्कोटेहरुले उनको अन्तिम संस्कार आईतबार दिउँसो साढे १ बजे गर्न लागिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७