विचित्र संसार

छिमेकी महिलासँग ‘सम्बन्ध’ राख्न बनाए सुरुङ, अनि त्यसपछि जे भयो..

छिमेकी महिलासँग ‘सम्बन्ध’ राख्न बनाए सुरुङ, अनि त्यसपछि जे भयो..

एजेन्सी- एक बिवाहित पुरुषले एक छिमेकी महिलासँग सम्बन्ध राख्न आफ्नो घरदेखि ती महिलाको कोठासम्म सुरुङ बनाएको खुलासा भएको छ। छिमेकी महिलासँग प्रेम भएपछि ती पुरुषले सो सुरुङमार्फत त्यहाँ जाने गरेका थिए।

जब ती बिवाहित महिलाका श्रीमान घरबाट बाहिर निस्कन्थे, प्रेमी सुरुङबाट ती महिलाको कोठामा पुग्थे। मेक्सिको तिजुआना क्षेत्रमा बसोबास गर्ने ती प्रेमी अल्बर्टोले आफ्नो छिमेकमा रहेकी पामेलाको घरसम्म जाने एक गुप्त सुरुङ तयार गरेका थिए ।

डेलिमेलका अनुसार अल्बर्टो नामका ती पुरुषले सुरुङ बनाएको घटनाको खुलासा एक दिन ती महिलाका श्रीमान जर्ज अफिसबाट छिटै घर फर्केपछि भएको हो।

त्यहाँ एक सुरुङ फेला पारे। अनि सुरुङबाट भित्र जाँदा उनी छिमेकमा अल्बर्टोको घरमा पुगे। अल्बर्टोले आफ्नो अफयरबारे आफ्नी श्रीमतीलाई केही नभन्न अनुरोध

घरमा उनले श्रीमती र उनका प्रेमी अल्बर्टोलाई रंगे-हात फेला पारेका थिए। ती महिलाका श्रीमान घरमा पुगेपछि अल्बर्टो एकाएक गायब भए। जर्जले अल्बर्टोलाई निकै खोजे तर फेला पार्न सकेनन्। यसरी गायब भएपछि उनी पनि हैरान भएका थिए।

उनले खोजी गर्दा त्यहाँ एक सुरुङ फेला पारे। अनि सुरुङबाट भित्र जाँदा उनी छिमेकमा अल्बर्टोको घरमा पुगे। अल्बर्टोले आफ्नो अफयरबारे आफ्नी श्रीमतीलाई केही नभन्न अनुरोध गरेका थिए। तर, जर्जले सबै कुरा सार्वजनिक गरिदिए। उक्त सुरुङ कति समय पहिले बनाइएको हो भन्ने पत्ता भने लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७