Breaking

जाकार्ताबाट ५० यात्रु लिएर उडेको विमान सम्पर्कविहीन

जाकार्ताबाट ५० यात्रु लिएर उडेको विमान सम्पर्कविहीन

इण्डोनेसियाको राजधानी जाकार्ताबाट ५० यात्रु लिएर उडेको एउटा विमान सम्पर्कबिहीन भएको छ।

श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा टेकअफ भएपछि सम्पर्कबिहीन भएको बिबिसीले जनाएको छ

फ्लाइट रायर २४ का अनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजार फिट तल आएको थियो । विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू टेलिभिजन र सामाजिक सञ्जालमा देखा परेका छन्।

विमान बेपत्ता भएको क्षेत्र नजिकैको एक टापुका केही बासिन्दाहरूले बीबीसी इन्डोनेशियाली सेवालाई आफूहरूले विमानको जस्तो लाग्ने वस्तु भेटेको बताएका छन्।

अधिकारीका अनुसार उक्त विमानसँग अन्तिमपटक स्थानीय समय अनुसार २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको हो।इन्डोनेशसियाको यातायात मन्त्रालयले विमानको खोजी कार्य भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७