प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारलाई सुन्तलाको माला बाँडेका छन्। उनले पत्रकारलाई ठट्यौली शैलीमा ‘सुन्तला खानुस् तपाईंहरू पनि’ भनेका थिए।
शनिबार कमलादीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली त्यहाँ पुगेका हुन्।
केहीदिन अघि भएको भेलामा पनि ओलीले प्रचण्ड-नेपाल समूहलाई लक्षित गर्दै ‘सुन्तला खान मन छ भने सुन्तलाघारीतिर पो जानुपर्छ सल्लाघारीतिर जाने? भनेर व्यंग्य समेत गरेका थिए।