विशेष सामाग्री

‘ओबामा’ थैलो बोकेरै बिरामी बालबालिका भेट्न अस्पताल नै पुगे, हाम्रा नेताले कहिले सिक्लान् ?

‘ओबामा’ थैलो बोकेरै बिरामी बालबालिका भेट्न अस्पताल नै पुगे, हाम्रा नेताले कहिले सिक्लान् ?

विश्वशक्ति भनिने अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको जीवनशैली भने अनौठो र प्रेरणादायी छ । बुधबार वासिङ्टनको उत्तरपश्चिम क्षेत्रस्थित एउटा राष्ट्रिय बाल अस्पतालमा पुगेर ओबामाले बिरामी बालबालिकालाई क्रिसमसको उपहार बाँडेका छन् ।

‘सान्ता क्लज’ क्रिसमसमा लगाइने रातो टोपी लगाएर उनले अचानक उपहारको थैलो नै बोकेर अस्पताल पुगेका उनले बालबालिकालाई ‘सर्पाइज’ नै दिएका थिए । खेलौना लगायतका उपहार बोकेर ओबामा अस्पताल पुगेकाा थिए ।

ओबामाले प्रत्येक बालबालिका र उनका अभिभावकलाई भेटेरै क्रिसमस टोपी समेत प्रत्येक बालबालिकालाई वितरण गरेका थिए । अस्पताल छोड्नुअघि ओबामाले अस्पतालका कर्मचारीहरुलाई बिदामा पनि काम गरेकोमा धन्यवाद दिएका थिए ।

ओबामा यसरी अस्पताल पुग्ने कुरा यहाँका कर्मचारीलाई मात्रै जानकारी थियो । तर ९० मिनेटको उनको अस्पताल भ्रमण त्यस अवधिमै भाइरल बनेको थियो । ओबामाले बालबालिकालाई भेटेर उपहार दिँदै ‘भिडियो म्यासेज’ समेत सार्वजनिक गरेका छन् ।

यता नेपालमा भने पूर्वप्रधानमन्त्री, मन्त्रि लगायतका नेताहरु ‘सुविधा कम भयो’ भनेर गुनासो गर्ने र सरकारबाट धेरै भन्दा धेरै सुविधाा लिन मात्र खोज्छन् अब यसरी बिदेसी नेताहरुबाट पाठ कहिले सिक्लान् ?

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal