पोखरा– १ टुँडीखेलस्थित राष्ट्रिय माविमा पढ्ने एक किशोरी कक्षा ११ को परीक्षामा २ वटा विषयमा फेल भइन्।
फेल भएको विषय मेजर अंग्रेजी र शौक्षणीक विधिमा पुन: परीक्षा दिनुपर्ने थियो। अहिले उनी सोही विद्यालयको कक्षा १२ मा अध्ययरत छिन्। गत वर्ष कक्षा ११ मा फेल भएको विषयको परीक्षा यस वर्ष दिन पाइन्थ्यो। उनले पनि पाइन्। तर उनले परिक्षँ होटलमा दिइन् ।
घटना निकै निन्दनिय छ । मंसिर अन्तिमतिर परीक्षा चल्दै थियो। विद्यालयका शिक्षक शिरीष बस्ताकोटीले आफूलाई चिनेको ठाउँबारे सोधेको किशोरीले बताउँछिन्।
‘त्यसो भए जाउँ भनेर उहाँले मलाई मोटरसाइकलमा बस्न भन्नुभयो। म बसेँ,’ उनले भनिन्, ‘लेखनाथको खोलाकोछेउ स्थित ताल नजिकैको होटल पुगेर रोकिए ।’
किशोरीले त्यति टाढा होला भनेर सोचेकै थिइनन्। उनका अनुसार घरबाट जाँदा त्यस्तै साँढे ३ बजेको थियो। होटलमा पुगेपछि शिरीषले कोठा बुक गरे।
‘मैले त टेबलमा बस्ने होला भनेको, उहाँले कोठामा लैजानुभयो’, उनले भनिन्, ‘मलाई कस्तो नराम्रो फिलिङ भयो, डर लाग्यो ।’
शिरीषले कोठामा लगेर ती किशोरीलाई मेजर अंग्रेजी र शैक्षणिक विधिको प्रश्नपत्र र उत्तर पुस्तिका दिए। उनी लेख्न थालिन्। किताब हेरेर उनले एकाध घण्टामै दुई विषयको परीक्षा दिइन्। साँढे ६ बजेतिर उनले उत्तरपुस्तिका शिरीषलाई बुझाइन्।
परीक्षा सकियो, अब घर जाने होला, किशोरीले सोचिन्। तर शिरीषले भने होटलबाट माछा र भुजा कोठामा मागाए, साथमा बियर पनि।
‘मैले खान्न कि खान्न भन्दा पनि सरले खान बाध्य बनाउनुभयो, मैले अलिकति बियर खाएँ,’ किशोरीले भनिन्। उनले ‘ल जाम सर’ भनिन्। उनको मोबाइलमा घरबाट पनि फोन आउन थालेको थियो ।
घर जाम भन्दा शिरीषले उल्टै कोठामा ढोका लगाए। त्यसपछि भने आफूलाई डर लागेको र ढोका खोल्न लाग्दा ती शिक्षकले रोकेको किशोरी बताउँछिन्।
‘मैले जिद्धी गरेर ढोका खोलेरै छाडेँ अनि बाहिर निस्कएँ’, उनले भनिन्, ‘म बाहिर आएपछि सर रिसाउनुभयो।’
शिरीष पनि बाहिर निस्किए। होटलको काउण्टरमा पुगेर पैसा तिरे। किशोरीलाई पनि पैसा तिर्न लगाए।
‘होटलमा हाम्रो बिल २४ सय आथ्यो, म सँग एक हजार थियो, त्यहीं तिरेँ’, किशोरीले भनिन्। उनीहरू पोखरास्थित घर फर्किए। शिरिषले नै उनलाई मोटरसाइकलमा लगिदिएका थिए।
परीक्षा दिएको झण्डै डेढ महिनापछि यो विषयमा विद्यालयमा खासखुस हुन थाल्यो। शिक्षकहरूको खासखुस विद्यालय व्यवस्थापन समितिमा पुग्यो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दवाडीले पुस पहिलो साता होटलमा लगेर परीक्षा दिलाएको थाहा पाए। उनले आफ्नै संयोजकत्वमा छानविन समिति बनाए।
समितिले छानविन गरेर राष्ट्रिय परीक्षा बोर्ड पोखराको कार्यालयमा प्रतिवेदन बुझाएको छ। घटनाका विषयमा छानविन गरी शिक्षकलाई कारबाहीको समेत माग गरेको उनले बताए।
विद्यालय व्यवस्थापन समितिमा यो कुरा पुगेपछि परीक्षाका केन्द्राध्यक्ष समेत रहेका विद्यालयका प्रध्यानाध्यापक सूर्य तिवारीले पनि ती किशोरीको परीक्षाको नतिजा स्थगित गर्न माग गरेका छन्।
घटनाका विषयमा निष्पक्ष छानविन गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए।
बाँकी भिडियोमा हेर्न सक्नहुनेछ ।