समाचार

स्कुल बसको ठक्करबाट शिक्षिकाको मृत्यु

स्कुल बसको ठक्करबाट शिक्षिकाको मृत्यु

विराटनगर : स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार शिक्षिकाको मृत्यु भएको छ । उक्त घटनाको विरोधमा प्रदर्शन हुँदा मोरङको कानेपोखरी गाउँपालिका–५ भौँसाबारी शुक्रबार राति पाँच घण्टासम्म तनावग्रस्त बनेको छ।

प्रहरीका अनुसार कानेपोखरी–रंगेली सडकखण्डमा कानेपोखरी–६ मा रहेको बालजगत बोर्डिङ स्कुलको को १ क ३००९ नम्बरको बसले को ८ प ७३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङको रंगेली नगरपालिका–९ बेलचोककी ४० वर्षीया दीपा भट्टराई (नेपाल) को घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए।

दीपा रंगेली–९ स्थित बालज्योति बोर्डिङ स्कुलकी संस्थापक एवं सहायक प्रिन्सीपल हुन्। उनका श्रीमान विद्या नेपाल, ६ वर्षीय छोरा र १४ वर्षीया छोरी छन्। साना किसान सहकारी संस्था दर्वेसाकी अध्यक्षसमेत रहेकी उनी सहकारीकै कार्यक्रममा बेलबारी पुगेर घर फर्कदै गर्दा दुर्घटनामा परेको देवर सन्तोषप्रसाद नेपालले बताए।

मृतक महिला नातामा भाई पर्ने विकल भट्टराईले चलाएको मोटरसाइकलको पछाडि बसेकी थिइन्। दिउँसो ४:३० बजेतिर भएको दुर्घटनामा परेर विकल पनि घा-इते भएका छन्। मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ गइरहेको थियो। बस पनि सोही दिशातर्फ जाँदै थियो।

विद्यार्थीलाई घर पुर्‍याउन गएको बस पछाडि सार्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी गिरीको भनाइ छ। ‘विद्यार्थी पुर्‍याउन गएको बस बाटो कटेर एक जना विद्यार्थीको घरभन्दा लगभग ३० मिटरजति अगाडि बढिसकेको रहेछ। त्यसपछि घरै अगाडि विद्यार्थीलाई ओराल्न चालकले बस ब्याक गरेछन्,’ उनले भने, ‘त्यही क्रममा बसले पछाडि रोकिएर रहेको मोटरसाइकललाई ठक्कर दिएछ।

सामाजिक अभियन्तसमेत रहेकी शिक्षिकको मृत्युपछि चालकको गम्भीर लापरबाहीले घ-टना भएकोभन्दै आक्रोसित बनेका स्थानीय बासिन्दाले लगातार पाँच घण्टासम्म नाराबाजी र प्रदर्शन गरेका थिए। ह-त्या गर्ने उद्देश्यले बस ब्याक गरेर घटना गराइएको भन्दै उनीहरुले राति १० बजेसम्म सडकमै श-व राखेर प्रदर्शन गर्दा अवस्था तनावग्रस्त बन्यो।

त्यसपछि प्रहरीले रंगेली अस्पताल लगेको छ। डीएसपी गिरीले सुरक्षाको दृष्टिकोणले शव मंगलबारेमा राख्न सम्भव नभएकाले सुरक्षा व्यवस्थासहित पोस्टमार्टमका लागि रंगेली लगिएको जानकारी दिए। उनका अनुसार घटनापछि परिवारका सदस्य र आफन्त सहमतिमा आएपनि आ-क्रोसित भीडले भने माहोल उत्ते-जित बनाउँदै शव उठाउन दिइरहेको थिएन।

शव उठाउन अवरोध गरिएपछि सामान्य बल प्रयोग गर्नु परेको गिरीले बताए। ‘मृतकको शव पोस्टमार्टमका लागि लैजानलाई सामान्य बल प्रयोग गर्नुपरेको थियो,’ उनले भने, ,‘घटनास्थलमा ढुंगामुडा र हुलहुज्जतसहित प्रदर्शन गरियो।’ डीएसपी गिरीका अनुसार घटनास्थलको अवस्था थप खराब बन्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन रंगेली, उर्लाबारी, बेलबारी, पथरी लगायतका स्थानबाट ठूलो संख्यामा प्रहरी परिचालन गर्नु परेको थियो।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७