मुख्य समाचार

गोरु काटेर पक्राउ परेकाहरू रिहा, लगत्तै गोरुकै मासु खाएर मनाए उत्सव

गोरु काटेर पक्राउ  परेकाहरू रिहा, लगत्तै गोरुकै मासु खाएर मनाए उत्सव

सुनसरीको धरान उपमहानगरपालिकाबाट गोरु काटेको आरोपमा पक्राउ परेकाहरू रिहा भएपछि विजयत्सव नै मनाएका छन् । उनिहरु मंगलबार रिहा भएपछि बुधबार धरानकाे मंगलबारेमा सामूहिक विजय उत्सव मनाएका हुन् ।

बुधबार आयाेजना गरेकाे वियज उत्सवमा उनीहरूले गाेरूकै मासु प्रयाेग गरेका छन् । उनीहरूले बीना रोकतोक गोरु काट्न र सँस्कार मान्न पाउनु पर्ने माग सहित भाेजकाे आयोजना गरेका थिए ।

विजय उत्सवको अवसरमा सांस्कृतिक अधिकार संरक्षण समितिका संयोजक सुवास हुक्पा चोङबाङले धरानमा गोरु काट्ने क्रम नरोकिने बताए ।

गोरु काटेर खानु आफूहरुको सांस्कृतिक अधिकार नै भएकोले गोरु काट्ने काम नछोड्न उनले आग्रह समेत गरे । गाेरू काटेकै अभियाेगमा पक्राउ गर्नु मुलुकी अपराध संहिता ऐन २०७४ संविधानविपरीत भएकाे उनले बताए।

उनले देशभरिका फाइभस्टार होटलहरुमा गाई गोरुको मासु विक्री गर्न दिएर राज्यले कर असुलिरहेको तर आदिवासी जनजातिको परम्परादेखि गोरु गाई खाने संस्कृतिमाथि भने बन्देज लगाएको आरोप समेत लागए ।

आन्दोलन पछि पाँच दिनमा पक्राउ गरिएकाहरु हिरासतमुक्त गरिएकाे थियाे । धरान उपमहानगरपालिका–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान–११ का अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरीलाई मंसिर २८ मा गाेरू काटेकाे अभियाेगमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal