अन्तर्राष्ट्रिय

अन्टार्कटिकाबाट विशाल बरफको पहाड टुक्रिएपछि वैज्ञानिकले दिए चेतावनी !

अन्टार्कटिकाबाट विशाल बरफको पहाड टुक्रिएपछि वैज्ञानिकले दिए चेतावनी !

एजेन्सी- अन्टार्कटिकामा रहेको विशाल आइसबर्गको एक ठूलो टुक्रा चिप्लिएर समुद्रमा खसेको छ । यो आइसबर्गको साइज ५ हजार २ सय वर्ग किलोमिटर रहेको नासाले जनाएको छ ।

वैज्ञानिकलाई यस हिमखण्डले चिन्तामा पारेको छ । यो हिमखण्ड दक्षिण जर्जियातर्फ बढीरहेको बताइएको छ ।

यसको रफ्तार यही रहेमा समुद्रमा अगाडि बढीरहेका जीवनका लागि खतरा उत्पन्न हुने वैज्ञानिकले चेतावनी दिएका छन् । यो ठोस चट्टान निकै विशाल छ । नासाका अुनसार अमेरिकाको न्यूयोर्क शहरभन्दा पनि करिब ७ गुणा ठूलो छ ।

वैज्ञानिकका अनुसार यो आइसबर्गले विश्वको वातावरणमा पनि निकै ठूलो असर पार्ने चेतावनी दिएका छन् । बढ्दो तापक्रमका कारण पृथ्वीमा रहेको हिँउ विस्तारै पग्लिने क्रममा छ ।

बरफ टुक्रिनु सामान्य कुरा भए पनि यति विशाल पर्वत नै टुक्रिएकाले नयाँ खतरा उत्पन्न हुनसक्ने भन्दै वैज्ञानिक चिन्तामा परेका छन् । यो चट्टानले समुद्रमा ठूलो सुनामी ल्याउन पनि सक्छ भन्दै होसियार हुन चेतावनी समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७