मनोरञ्जन

कबिर सिंहमा घरेलु कामदारको भूमिका निभाएकी पुष्षाको फोटोसुटले तहल्का

कबिर सिंहमा घरेलु कामदारको भूमिका निभाएकी पुष्षाको फोटोसुटले तहल्का

शाहिद कपुर र कियारा आडवाणीको कबिर सिंहको लोकप्रियताका कारण फिल्मका विभिन्न दृष्य हुन् । तेलुगु फिल्म अर्जुन रेड्डीको यो रिमेकले बक्स अफिसमा २५० करोडको व्यापार गरेको थियो ।

कबिर सिंहको भूमिकाका साथै यो फिल्ममा अर्की एक पात्र लोकप्रिय भइन् । उनी हुन् करिब सिंहकी घरेलु सहयोगी ।

जसलाई कबिर सिंहले बेस्सरी लखेट्छन् । केही मिनेटको यो भूमिकालाई वनिता खरातले निभाएकी हुन् । वनिताले कबिर सिहंमा निभाएको यो सानो भूमिकाबाट लोकप्रियता हासिल गरिन् ।

तर यसपटक वनिता भिन्न कारणसहित चर्चामा आएकी छिन् । उनले न-ग्न फोटोसुट गराएकी छिन् जुन चर्चामा आएको छ । प्लस साइज र अत्यधिक तौलमा महिला आफ्नो शरीरका लागि असहज हुन्छन् । तर वनिताले शरीरको साइज आत्मविश्वासको अगाडि फिक्का रहन्छ भनेर प्रमाणित गरिदिएकी छिन् ।

वनिताले आफ्नो न ग्न तस्बिर सेयर गरेकी छिन् र यससँगै उनले क्याप्सन पनि लेखेकी छिन् जसमा उनले आफ्नो शरीरमाथि गर्व भएको लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७