मुख्य समाचार

अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगेको आरोपमा युवती पक्राउ

अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगेको आरोपमा युवती पक्राउ

दैलेख– अमेरिका पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग ५० लाख बढी ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

दैलेखका विभिन्न व्यक्तिहरुसँग अमेरिका पठाइदिने भन्दै ठगी गर्ने सुनसरीको इटहरी उप-महानगरपालिका-४ बस्ने २४ वर्षीया विद्या शर्मा नाम बताउने उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी विद्या सरकारको नामबाट पनि चर्चित छन् ।

गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख पुगेकी उनले विभिन्न व्यतिहरुलाई ठगेको खुल्न आएको प्रहरीले जनाएको छ ।

आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटी नेपालको (सीइओ) बताउँदै उनले आफ्नो अमेरिकाको भिसा पनि लागेकाले ८-१० जना लान सकिने भन्दै विभन्न व्यक्तिसँग ५२ लाख ४ हजार १० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसअघि केहि बर्ष पहिला पनि उनले ठगी गरेको खबर बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७