मुख्य समाचार

नेकपा नेता दीपक भण्डारी सम्पर्क बिहीन, खोजीकार्य जारी

नेकपा नेता दीपक भण्डारी सम्पर्क बिहीन, खोजीकार्य जारी

नेकपा नेता दीपक भण्डारी बुधबार बिहानदेखि सम्पर्क बिहीन भएका छन् । बिहान साढे ९ बजे आफै निर्देशक रहेको हिमालयन मल्टिपल कलेज जान्छु भनेर निस्केका झापाको मेचीनगरका नेकवका नेता भण्डारी साँझसम्म घर नफर्किएपछि उनको खोजी सुरु गरिएको छ।

तत्कालीन नेकपा एमालेका पूर्व मेचीनगर अध्यक्ष समेत रहेका भण्डारीले प्रयोग गर्ने मोबाइल फोन र मोटरसाकल समेत घरमा नै छोडेर कलेज तिर लागेको भाइ प्रकाश भण्डारीले बताए । भण्डारीको घरबाट हिमालयन कलेज करिब एक सय मिटरको मात्रै दूरीमा छ ।

सम्भावित जान सक्ने साथीभाइ र पार्टी सम्पर्कमा समेत खबर गर्दा केही सूचना नआएपछि बुधबार बेलुका नै प्रहरीलाई भण्डारीको खोजीका लागि खबर गरिएको छ।

उनको खोजी तीब्र पारिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal