अर्थ

एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य !

एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य !

२३ पुस, सुनको भाउ ह्वात्तै घटेको छ । बिहीबार सुन तोलामा १३ सय रुपैयाँले सस्तिएको छ । बुधबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहिवार भने ९५ हजार चार सयमा कारोवार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसर बिहीबारका लागि तेजाबी सुनको प्रतितोला भाउ ९४ हजार ९ सय रुपैयाँमा झरेको छ । यस्तै बिहीबारको तुलनामा चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले सस्तीएको छ । हिजो १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३ सय ३० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय मूल्य अनुसार नै नेपालमा पनि सुनको मूल्य उतार चढाब भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७