मनोरञ्जन

यी हुन् साउथ फिल्मका महँगा ६ हिरोइन, कस्को रेट कती ?

यी हुन् साउथ फिल्मका महँगा ६ हिरोइन, कस्को रेट कती ?

एजेन्सी- पुरा भारतमा मात्र नभइ अन्य देशहरूमा पनि साउथ फिल्मको निकै चर्चा हुनेगर्छ । बलिउडपछि साउथ फिल्म इन्डस्ट्री भारतको दोस्रो सबैभन्दा ठुलो फिल्म इन्डस्ट्री हो। जसका कारण पनि जहाँको चर्चा निकै हुनेगर्छ ।

जहाँ काम गर्ने अभिनेत्रीको लोकप्रियता पनि निकै रहेको छ। जहाँका नायिकाको बलिउडमा पनि निके माग हुनेगर्छ । जसका कारण उनीहरु फिल्ममा काम गर्न धेरै रकम लिन्छन्। कतिपय अभिनेत्रीको स्ट्याटस त बलिउड अभिनेत्री भन्दा पनि धेरै माथि छ ।

यसैक्रममा हामीले साउथका केहि मँहगा अभिनेत्री बारे चर्चा गर्दैछाैँ ।

काजल अग्रवाल:

साउथ इन्डस्ट्रीको टप अभिनेत्रीमा काजलको नाम सबैभन्दा अग्रस्थानमा छ । उनले तमिल, तेलुगु सहित हिन्दी फिल्ममा पनि काम गरिसकेकी छन्। हालै उनले बिजनेसम्यान गौतम किचलूसँग बिहे गरेकी हुन्। उनी आफ्नो एक फिल्मको लागि तीन करोड लिन्छिन्। बलिउडमा उनले अक्षय कुमार र अजय देवगन जस्ता हिरोसँग पनि अभिनय गरिसकेकी छन्

तमन्ना भाटिया:

तमन्नालाई साउथ इन्डस्ट्रीको सबैभन्दा सुन्दर अभिनेत्री मानिन्छ। उनी एक फिल्मको लागी २ करोड लिन्छिन्। उनले तमिल, तेलुगुको साथसाथै हिन्दी फिल्ममा काम गरिसकेकी छन्।

नयनतारा

लोकप्रियताको मामलामा नयनतारा साउथको अभिनेतालाई टक्कर दिन्छिन्। उनको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ । उनी एक फिल्मको लागि पाँच करोड रुपैँयासम्म पारिश्रमिक लिन्छिन्। उनी तमिल फिल्म इन्डस्ट्रीको सबैभन्दा महँगो अभिनेत्री हुन्

सामन्था अक्किनेनी :

आफ्नो अभिनय र फेशनको लागि चर्चित अभिनेत्री सामन्था अक्किनेनी पनि निकै पैसा लिन्छिन्। उनले एक फिल्मको लागि करिब २ करोड रुपैँया लिन्छिन् । बिहेपछि उनले प्रोफेशनल लाइफमा पनि निकै सक्रिय रूपमा लागेकी छन् ।

तृषा कृष्णन:

तमिल, तेलुगु र हिन्दी फिल्ममा काम गरिसकेकी अभिनेत्री तृषा कृष्णन एक फिल्मको लागि डेढ करोड लिन्छिन्। उनले तमिल र तेलुगू भाषाको फिल्ममा धेरै काम गरेकी छन्। हिन्दी फिल्ममा भने उनको करियर जम्न सकेन ।

हंसिका मोटवानी :

हंसिकाले हिन्दी फिल्ममा पनि काम गरेकी छन् तर उनले हिन्दी फिल्ममा सफलता पाईनन्। त्यसैले उनी अधिकतर तमिल र तेलुगु फिल्ममा धेरै काम गर्छिन्। उनले एक फिल्ममा काम गर्नको लागी १ करोडभन्दा बढी पारिश्रमिक लिन्छिन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७