पत्रपत्रिकाबाट

जनकपुरमा ओली समूहको प्रदर्शन, ठूलो संख्यामा बालबालिकाको प्रयोग

जनकपुरमा ओली समूहको प्रदर्शन, ठूलो संख्यामा बालबालिकाको प्रयोग

जनकपुरधाम: केपी ओली समूहको नेकपाले म‌गलबार जनकपुरधाममा शक्ति प्रदर्शन गरेको छ ।

प्रचण्ड माधव समूहको विशाल र्‍याली निकालेको केही दिनमै ओली समूहले प्रदर्शन गरेको हो । प्रधानमन्त्री ओलीले पुस ५ मा संसद विघटन गरेपछि जनकपुरधाममा ओली समूहका कार्यकर्ताले ओलीको कदम बचाउ गर्दै पहिलो पटक शक्ति प्रदर्शन गरेका हुन् ।

धनुषाको विभिन्न स्थानीय तहबाट बस तथा ट्रयाक्टरमा आएका कार्यकर्ताहरु जनकपुरधामस्थित रेल्वे स्टेशनमा जम्मा भइ र्‍याली निकालिएको थियो ।

भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल, शहरी विकास मन्त्री प्रभु साह, कानून मन्त्री लिलानाथ श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री जुली महासेठ लगायत वक्ताहरुले ओलीको बचाउ गर्दै बोलेका थिए ।

प्रदर्शनमा ठूलो संख्यामा बालबालिकाहरु समेत सहभागी गराइएको थियो । जुलुसमा थुप्रै बालबालिकाहरुले नेकपाको झण्डा र सूर्य चुनाव चिन्ह अंकित झण्डा बोकेर नारा लगाइरहेका थिए ।

जुलुसमा १० देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरु पनि नेकपाको पक्षमा नारा लगाउँदै र्‍यालीमा सहभागी थिए । यसरी राजनीतिक विरोध वा प्रदर्शनमा बालबालिकालाई प्रयोग गर्नु बालअधिकारको उल्लंघन गरेको मानिन्छ । गोविन्द महतोले अन्नपुर्ण पाेष्टमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७