Breaking

‘बादल’ चितवनमा जाँदा उडाइयो ‘लाल गद्दार’ लेखेर कालो बेलुन

‘बादल’ चितवनमा जाँदा उडाइयो ‘लाल गद्दार’ लेखेर कालो बेलुन

चितवनमा नेकपा ओली समूहको भेलालाई सम्बोधन गर्न काठमाडौंबाट केन्द्रीय नेताहरू चितवन गएका छन्। ओली समूहको भेलालाई सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चितवन आएका हुन्।

उनी चितवन आएपछि प्रचण्ड-नेपाल समूहले उनको विरोधमा कालो बेलुन उडाएका छन्।

उनीहरूले बादल-लाल गद्दार असंवैधानिक ‘कू’ को मतियार लेखिएको ब्यानर सहितको कालो बेलुन उडाएका हुन्। उक्त बेलुनलाई पछि प्रहरीले बाँसको भाटाको सहायताले झारेको थियो।

प्रधानमन्त्रीले संसद विघटन गरेसँगै नेकपा दुई समूहमा कित्ताकाट भएपछि थापा ओली पक्षमा गएका हुन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७