समाचार

जब विप्लव पुत्र प्रकाशले प्रचण्ड पत्नी सीतालाई अंगालो हाले…

जब विप्लव पुत्र प्रकाशले प्रचण्ड पत्नी सीतालाई अंगालो हाले…

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की पत्नी सीता दाहालसँग भेटघाट गरेका छन् ।

मेडिकल साइन्सका विद्यार्थी समेत रहेका प्रकाश सीतालाई भेट्न सोमबार बिहान प्रचण्डको निजी निवास खुलमटार पुगेका थिए ।

प्रकाश पुग्दा सीता समेत भावुक भएकी थिइन् । भूमिगत सशस्त्र संघर्ष (जनयु-द्ध)का बेला विप्लव प्रचण्ण्डसँग निकट रहेर काम गर्थे ।

विप्लव प्रचण्डको सचिवालयमा रहेका बेला सीताले समेत प्रकाशको स्याहरमा सघाउने गरेको बताइन्छ ।

शान्ति प्रक्रियामा आएपछि तत्कालीन एकीकृत नेकपा माओवादी विभाजित हुँदा विप्लव मोहन बैद्य (किरण) नेतृत्वको नेकपा–माओवादीमा गएका थिए ।

पछि विप्लवले आफ्नो नेतृत्वमा पार्टी गठन गरेर अर्धभूमिगत राजनीति शुरु गरेका थिए । सीतालाई ‘आमा’ भनेर बोलाउने प्रकाशले करिब १६ वर्ष पछि भेट्न पाएको बताएका छन् ।

प्रचण्ड पत्नी सीतालाई भने सोमबार उपचारका लागि भारत लगिएको छ । प्रचण्ड पत्नी सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७