समाचार

‘एचआइभी’ आमालाई थियो, तर हुनै लागेको छोरीको बिहे रोकियो [भिडियोसहित]

‘एचआइभी’ आमालाई थियो, तर हुनै लागेको छोरीको बिहे रोकियो [भिडियोसहित]

वैदेशिक रोजगारीका लागि भारत जाने पश्चिम पहाडका जिल्लामा एच-आइभी समस्या ठूलो छ । भारतमा पैसा कमाउन जाने युवाहरुले एचआइभी समेत लिएर आउँछन् ।

११ क्लास पढिरहेकी छोरीलाई बिहे गरी अर्काको घर पठाउन त मन थिएन तर उनी घरमा न छोरीलाई पढाउन सक्थिन् न पाल्न।

भारतवाट ल्याएको एच-आइभी परिवारका सदस्यलाई पनि सार्छन । यस्तै समस्याका कारण अहिले पश्चिम पहाडी जिल्लामा धेरै परिवार प्रभावित भएका छन् । पहिलो पुस्ता एचआइभीले लैजान्छ, उनीहरुको दोस्रो पुस्ताको भविष्य सामाजिक अपहेलानाका कारण बिग्रने गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका-१२ की धनसरा (नाम परिवर्तन)लाई ११ क्लास पढिरहेकी छोरीलाई बिहे गरी अर्काको घर पठाउन त मन थिएन तर उनी घरमा न छोरीलाई पढाउन सक्थिन् न पाल्न।

धनसरालाई एच-आइभी भएको छ। एच-आइभी धनसरालाई भएको थियो तर केटा पक्षले छोरीसँगको विवाह तोडिदियो। अरूसँग नै खबर पठाइदियो

यो दुस्ख सहनुभन्दा त बरू बिहे गरेर गई भने सुख पाउली ठानेर उनले छोरीको हात दिइन्। मंसिरमा बिहे हुने कुरा छिनियो।

त्यही बीचमा केटा पक्षले थाहा पाएछन् धनसरालाई एच-आइभी भएको छ। एच-आइभी धनसरालाई भएको थियो तर केटा पक्षले छोरीसँगको विवाह तोडिदियो। अरूसँग नै खबर पठाइदियो हामी यो विवाह गर्दैनौं। खबर सुनेर धनसराको मन कुँडियो। सानैदेखि एचआइभी संक्रमितका छोराछोरी भनेर हेलाहोचोमा पर्ने आफ्ना सन्तानको विवाह पनि नहुने पीरले उनको मन बेचैन भयो।

सेतोपाटीमा सविता बुढाले यो समाचार तयार पारेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७