समाचार

पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै प्रचण्ड

पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै प्रचण्ड

नेकपा (दाहाल–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जाने भएका छन् ।

आइतबार पेरिसडाँडामा बसेको यो समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू सोमबार मुम्बई जान लागेको जानकारी गराएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।

सीता पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको भोलिपल्ट यो समूहको आइतबार स्थायी कमिटी बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७