‘दि भ्वाइस अफ नेपाल’ का विजेता सिडी विजय अधिकारीले ‘नेपाल आइडल’ दोस्रो संस्करणका अन्तिम प्रतिस्पर्धी पोखराका विक्रम बराललाई ५० हजार सहयोग गर्दै जिताउन भोटिङ अपिल गरेका छन्।
उनले नेपालको अर्को गायन रियालिटी शो‘नेपाल आईडल’का अन्तिम प्रतिस्पर्धी बराललाई जिताउ सहयोग गरेको बताएका छन्। आफ्नो जन्मोथलो पोखरामै आएर आफूलाई भोट गरी जिताउने प्रशंसकलाई धन्यवाद दिदैं अधिकारीले आइडलका अन्तिम प्रतिस्पर्धी बरालका निम्ति पनि भोटको अपिल गरेका हुन्।
अधिकारीले बुधबार बिक्रम बराल जिताउ अभियान समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा भोट मागेका हुन्। एउटै विद्यालयमा अध्ययन गर्नुको साथै संगीत पनि एकै ठाउँमा सिकेको सम्झदै अधिकारीले बराल राम्रो प्रतिभा भएको बताए।
नेपाल आइडलको फाइनल शुक्रबार काठमाडौंको पुलचोकस्थित इन्जिनियरिङ क्याम्पसको हुदैँछ ।