फोटो फिचर

१८ बर्षे जवानीमा तेरियाको सुन्दरता, हेर्नुहोस् १३ तस्बिर

१८ बर्षे जवानीमा तेरियाको सुन्दरता, हेर्नुहोस् १३ तस्बिर

तेरिया फौजा मगर भारतको चर्चित डान्सिङ रियालिटी शो डान्स इन्डिया डान्स लिटिल मास्टरको सिजन ३ बिजेता बने पछी विश्व भर चर्चित भइन । मात्रै १४ वर्षको उमेरमा उनले यो उपाधि जितेपछि देश बिदेशमा निकै चर्चा भयो ।

डान्स इन्डिया डान्स लिटिल मास्टर मात्र हैन अर्को रियालिटी शो ‘झलक दिखला जा’ सिजन ९ को पनि बिजेता बनिन तेरिया। त्यो संगै तेरिया मगर सानै उमेरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भइन ।

निक्कै सानो उमेर मै नृत्यमा रुची राखेकी तेरियाले सफलता मात्र हात पार्दै आएकी छिन । डान्स इन्डिया डान्स लिटिल मास्टरमा जानु अगाडी नै उनले नेपालका केहि कम्पिटिसनमा भाग लिईसकेकी थिइन । तर उनको चर्चा डान्स इन्डिया डान्स लिटिल मास्टरमा पुगेपछि मात्र भयो ।

डान्सबाट लाखौं दर्शकको मन जित्न सफल तेरिया सामाजिक संजालमा पनि निकै सक्रिय छन । सामाजिक संजालमा उनको डान्स मात्र नभइ सुन्दरताको पनि चर्चा हुन्छ ।

अहिले तेरिया मगर १८ वर्षकी भइसकेको सामाजिक संजालबाट जनाउ दिएकी छन् । उनले १८ बर्ष पुगेकोमा बिश्वास नलागेको भन्दै लेखेकी छन् । भने उनले जन्मदिन मनाएको तस्बिर समेत शेयर गरेकी छन् ।

१८ बर्षे जवानीसंगै तेरिया झनै सुन्दरी देखिएकी छिन । हेर्नुहोस तेरियाको केहि थप तस्बिर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७