समाचार

कांग्रेस नेता शेखर कोइरालाका दाजु निरन्जनको निधन

कांग्रेस नेता शेखर कोइरालाका दाजु निरन्जनको निधन

नयाँदिल्ली — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरन्जन कोइरालाको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा उपचारत कोइरालाको आइतबार बिहान निधन भएको भाइ शेखर कोइरालाले बताए ।

कोराना भाइरसको सं-क्रमण पुष्टि भएपछि ५ डिसेम्बरदेखि उनको अस्पतालमा उपचार चलिरहेको थियो । कोरोना संक्र-मणबाट मुक्त भएपनि विगत केही दिनयता स्वास्थ्य जटिल बनेपछि उनलाई आईसियुमा राखिएको थियो । निरन्जन केशव कोइराला र नोना कोइरालाका दुई छोरामध्ये जेठा हुन् ।

कोइराला पञ्चायतविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा सक्रियरुपमा संलग्न थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल उनका समकालीन हुन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारमा उनले केही समय पर्यटन मन्त्रालयको विज्ञका रुपमा समेत काम गरेका थिए ।

भाइ शेखर कोइरालाका अनुसार निरन्जनले केही समय वीरगन्जको ठाकुरराम क्याम्पसमा अध्यापन गरेका थिए । त्यसपछि उनी होटल म्यानेजमेन्ट पढ्न दिल्ली आए । उनले दिल्लीकै ओबराय होटलमा समेत काम गरे । केही वर्ष दिल्लीमा काम गरेपछि उनी नेपाल फर्किएर सोल्टी होटलमा समेत काम गरेको शेखरले जानकारी दिए ।

स्वर्गाीय कोइराला पछिल्लो समय काठमाडौं नियमित रुपमा ओहोरदोहोर गर्ने गरेपनि स्थायी रुपमा भने दिल्लीमा बस्दै आएका थिए । कोइरालाका दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७