प्रवास

कोरियाले सन् २०१९ का लागि ‘५६ हजार’ कामदार लैजाने

कोरियाले सन् २०१९ का लागि ‘५६ हजार’ कामदार लैजाने

कोरियाको रोजगार तथा श्रम मन्त्रालयले सन् २०१९ का लागि ५६ हजार बिदेशी कामदार लाने भएको छ ।

आप्रबासी मजदुर कार्यान्वयन समितिले जनाए अनुसार जसमा ४३ हजार नयाँ कामदार र १३ हजार कोरिया आई पुन प्रवेश गर्ने कामदारका लागि छुट्याइएको हो ।

साना तथा मझौला घरेलु उद्योगहरुमा आवश्यक अदक्ष कामदार आपूति गर्न सरकारले आप्रवाशी कामदारका लागि कोटा तय गरेको र कामदार अक्टोवरसम्म लगिने मन्त्रालयले जनाएको छ ।

तय गरिएको कोटामध्य ६० प्रतिशत उत्पादनमुलक क्षेत्रमा र ४० प्रतिशत कृर्षि तथा पशुपालन, माछापालन, निर्माण र सेवाका लगि तोकिएको छ ।

उत्पादनमुलक क्षेत्रमा जनवरी, अप्रिल, जुलाई र अक्टोवरसम्ममा २८ हजार ८८० जना त्यस्तै, कृर्षी तथा पशुपालन क्षेत्रमा जनवरी, अप्रिल र अक्टोबरमा ५ हजार ४५० कामदारका दरले १६ हजार ३५० जना तथा निर्माण र मत्स्यपालनका लागि जनवरी, अप्रिल र जुलाइमा ४ हजार ५८० जना र सेवा क्षेत्रका लागि ९० कामदार लगिने बताएको छ ।

यो आप्रवाशी कामदार कोटा इपिएस लागु भएका १६ मुलुकका लागि हो ।

नेपालीका लागि उत्पादनमुलक र कृर्षि क्षेत्रमा कामदार लगिन्छ भने निर्माण, मत्स्यपालन र सेवा क्षेत्रमा हालसम्म अनुमति दिईएको छैन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal