मनोरञ्जन

चिसो माैसमलाई चुनाैतीः मोडल मुना गाैचनका हट अवतार [१५ तस्बिर]

चिसो माैसमलाई चुनाैतीः मोडल मुना गाैचनका हट अवतार [१५ तस्बिर]

मोडलिङको दुनियाँमा निकै लोकप्रिय नाम हो मुना गौचन । माेडल मुनाले गरेकाे अभिनय फिल्म ‘जालो’ त खासै चलेन तर मुनाको चर्चा भने फिल्म वृत्तमा राम्रै चल्यो ।

उनले आफूलाई यो क्षेत्रमा स्थापित गर्न निरन्तर लागिपरेकी छिन् । उनलाई केही विज्ञापनमा पनि देख्न सकिन्छ । भने उनले नेपाली फिल्मको सहायक पात्रको भूमिकामा समेत काम गरिसकेकी छन् ।

‘मिस इको नेपाल २०१९’ विजेता मुना गौचन सामाजिक सञ्जालमा उत्तकै सक्रिय रहने गर्छिन् । उनका बोल्ड तस्बिरले फेसबुक तथा ईन्स्टामा तहल्का मच्च’ईरहेको हुन्छन् ।

उनले नेपाली चलचित्र चपली हाइट २ मा पहिलो सहायक भूमिका निर्बाह गरेकी हुन् । ‘जालो’ पछि उनी अन्य फिल्ममा भने देखिएकी छैनिन् । सिने क्षेत्रमा भन्दा उनि नेपालमा मोडेलकै उपनामले परिचित छिन् । उनि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसेडर समेत भइन् ।

उनले ब्युटी प्याजेन्ट अन्तर्गत विभिन्न विधामा पुरस्कार जितिसकेकी छन् भने विभिन्न र्याम्प वाकमा सहभागिता जनाइसकेकी छिन् । उनका हट तस्बिर सामाजिक संजालमा निकै चर्चामा हुने गर्छन् र उनले दर्शकबाट निकै राम्राे प्रतिक्रया समेत पाएकी छिन् ।

उनको सलक्क अग्लो शरीरमा फिदा हुने फ्यानको कुनै कमी छैन । सामाजिक संजालमा उनका फ्यानले सुन्दरता र फिगरको निकै प्रशंसा गरिरहेका हुन्छन् । केही समयदेखि कलाकारिता क्षेत्रबाट केहि टाढा रहेकी उनी केहि पहिला अाकाशैको बोलको गीतबाट कमब्याक गरेकी छन् ।

सामाजिक संजालबाट लिएका केहि तस्बिर

तस्बिर – मुनाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७