राजनीति

प्रचण्ड-नेपालप्रति ओलीको व्यङ्ग्य- यती मान्छे त रत्नपार्कमा औषधि बेच्नेले पनि जम्मा पार्छ

प्रचण्ड-नेपालप्रति ओलीको व्यङ्ग्य- यती मान्छे त रत्नपार्कमा औषधि बेच्नेले पनि जम्मा पार्छ

काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने प्रचण्ड र माधव समूहलाई उनले रत्नपार्कमा औषधि बेच्नेसँग तुलना गरे । ‘अलि अलि मान्छे त रत्नपार्कमा सिसीमा औषधि बेच्नेले पनि मान्छे भेला पार्छ । उहाँहरुको हालत त्यही हो । उहाँहरुसँग राजनीति छैन । लोकतन्त्र छैन ।’

दुईवटा नटबोल्ट फुक्लिएपछि पार्टी गतिसाथ अघि बढेको दाबी गरेका छन् । ‘समस्या कहाँ नेर रहेछ, जाम कहाँ रहेछ, खिया कहाँ लागेको रहेछ भनेको त खिया लागेको दुईटा नटबोल्ट फुक्लिएको थियो पार्टी गतिसाथ अघि बढिरहेको छ ।’

ओलीले नेकपामा असली र नक्कलीको प्रसंग चलिरहेको प्रसंग कोट्याउँदै नेकपा ‘बरमजियाको पेडा पसल’ जस्तो नभएको बताए । ‘बरमजियाको पेडा पसल हो र असली र नक्कली भनेर भन्नलाई ?’

उनले आफूहरुले अझै पनि प्रचण्डहरुलाई बैठकमा बोलाएको र उनलाई अध्यक्षबाट नहटाएको बताए। उनले भने, ‘पुष्पकमल दाहाललाई हामीले अहिले पनि अध्यक्षमा राखेका छौँ । माधव नेपाल, झलनाथलाई वरिष्ठ नेतामा राखेका छौँ । हामी कुनै हतारो गरेका छैनौँ । तर पेरिसडाँडामा पत्रकार सम्मेलन चलिराखेको छ ।’

यस्तै ओलीले आफ्नै नेतृत्व क्षमताका कारण देश विदेशमा समेत चिनिएको र आर्थिक उन्नती तीव्र रुपमा बढेको दाबी गरे । पहिले नेपाललाई अन्तर्राष्ट्रिय मन्चमा नचिनिने तर अहिले सबैले चिन्ने उनको जिकिर थियो । ‘नेपालको प्रधानमन्त्री को हो भनेर भारतमा जोसुकैलाई सोधे पनि भन्न सक्छन्’, उनले भने ।

लीले आफूले नेतृत्व गरेको नेकपाको चुनाव चिह्न ‘सूर्य’ नै हुने दाबी गरेका छन्। ओलीले आफू नै पार्टीको आधिकारिक पहिलो अध्यक्ष रहेकाले पार्टीको नाम ‘नेकपा’ र चुनाव चिह्न ‘सूर्य’ हुनेमा निश्चिन्त रहन कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रमको अधिकांश समय प्रचण्ड र माधवकुमार नेपालको आलोचनामा खर्चिएका प्रधानमन्त्री ओलीले उनीहरुको बहुमतले पार्टीको नाम र चुनाव चिह्नमा केही अर्थ नराख्ने बताए।

प्रधानमन्त्री ओलीले संसद् पुनःस्थापना हुनै नसक्ने जिकीर गर्दै आफूले करिब ६४ प्रतिशत जनमतको प्रतिनिधित्व गरेकाले संसद् विघटनको प्रस्ताव उपर अदालतले पुनःस्थापनाको फैसला गर्न नसक्ने बताए। उनले लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व कमजोर हुने निश्चित देखेपछि प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनमा जान लागिएको बताए।

उनले आफू नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका बारेमा छिमेकी मुलुकका प्रधानमन्त्री र राष्ट्रपतिसमेत जानकार हुँदा आफैँ पार्टीका नेताले राष्ट्रिय आकाङ्क्षाप्रति वैरभाव राखेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७