फोटो फिचर

मोडलिङमा जम्दै पोखराकी सोनु [१० तस्बिर]

मोडलिङमा जम्दै पोखराकी सोनु [१० तस्बिर]

पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन ।

यसैक्रममा मोडलिङमा भविष्य बनाउन लागि परेकी छन् पोखरा घर भई काठमाण्डौँमा बस्दै आएकी सोनु पौडेल ।

काठमाण्डौँमा अध्ययन गर्दै मोडलिङमा संघर्ष गर्दै आएकी सोनु आफु रहरले मात्र नभएर सुन्दर भविष्य बनाउने लक्ष्यका साथ नै मोडलिङमा लागेको बताउँछिन् । सोनुले उत्साहित हुदै भनिन् – मेरो सानैदेखीको इच्छा हो मोडलिङ । एक्टिङहरु सिकेको छु ,मेहनत अनि निरन्तरता दिनुपर्छ, सबैको सुझाब र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएकी छुँ ।

सोनु अहिले मोडलिङमा निकै लागिपरेकी छिन् । छोटो समयमै करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी सोनुले केही सर्टमूभिमा पनि अभिनय गरिसकेकी छन् ।

मोडलिङको सुरवाती अवस्थामा पाएको माया र हौसलाले आफु उत्साहित भएको बताउँदै उनले साथीहरुको सपोर्टले काम गर्न सजिलो भएको सुनाईन् । लभ स्टोरी र एक्सन प्रधान चलचित्रमा अभिनय गर्न मन भएकी सोनुले भनिन् – चलचित्रको अफर आएमा आफुलाई सुट भएमा अभिनय गर्ने बताईन् ।

हल्का सिन दिन रुचाउने सोनुको विचारमा एकअर्काको भावना बुझ्नु, सुखदुखमा साथ नछोड्नु नै माया हो । अहिलेसम्म गहिरो मायामा नपरेकी सोनुले बताउछिन्।

उनको फेसबुकबाट लिइएका केहि तस्बिर हेराैँ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७