शिक्षा

कान छेड्दा हुन्छ अचम्मका ६ फाइदा !

कान छेड्दा हुन्छ अचम्मका ६ फाइदा !

पछिल्लो समय युवा पुस्ताले कान छेड्नुलाई फेसनकै रुपमा विकास गरेका छन् । पहिला गहना लगाउनका लागि नेपाली महिलाले कान छेड्ने गरेको भएपनि अहिले केटा केटी सबैले कान छेड्ने गरेका छन् । कसैले रहरले कसैले करले कान छेडे पनि त्यसको स्वास्थ्यका लागि भने फाइदा पुर्‍याउने अध्ययनले देखाएका छ ।

कानको लोतीमा हुने एक प्वाइन्टका कारण मानिसको जीवनमा कानले तरंग पैदा गर्छ । कान छेड्दा प्राय त्यही प्वाइन्ट वरपर छेडिने भएकाले फाइदाजनक रहेको अध्ययनबाट पत्ता लागेको छ ।

कान छेड्दा हुने फाइदा

कानको तल्लो भागमा दबाब पुग्ने हुँदा यसले तनाब कम गर्न सहयोग पुग्छ ।
कानको लोतीमा आउने दबाबले मस्तिष्कको समस्याबाट पनि बचाउँछ । साथै मस्तिष्कको क्षमता विकास गर्न सहयोग गर्छ ।

आँखाको ज्योतिलाई सन्तुलित राख्न मद्दत पुर्‍याउँछ ।
कानको सूचक प्वाइन्टमा हुने दबाब पाचन प्रणालीसँग पनि जोडिएका भएकाले भोक लाग्ने तथा पाचन प्रणाली मजबुद हुन्छ ।
शरीर सुनिने र प्यारालाइसिस हुने जोखिम पनि कम हुने वैज्ञानिकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७