राजनीति

प्रचण्ड-माधव समूहमा तरंगः पूर्वमाओवादी सांसद् ओली पक्षमा लागे

प्रचण्ड-माधव समूहमा तरंगः पूर्वमाओवादी सांसद् ओली पक्षमा लागे

बुुटवल – लुुम्बिनी प्रदेश सभामा रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद् दधिराम न्यौपाने नेकपा (केपी ओली पक्ष) मा लागेपछि तरङ्ग पैदा भएको छ । पूर्वमाओवादी धारका प्रत्यक्ष निर्वाचित सांसद् ओली पक्षमा खुलेर लागेपछि सो पक्ष हौसिएको छ

नेकपा विभाजित बनेसँगै सांसदहरु तानातानमा परेको अवस्थामा प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले आफू अहिले सरकार पक्षतिर लागेको बताए ।

अनुप बरालसहित जिल्ला स्तरका अन्य नेता ओली समूहमा रहेको उनले दावी गरे । न्यौपाने शुरुमा प्रचण्ड–नेपाल पक्षको भेलामा पुगेर सो कित्तामा रहेको सन्देश दिएका थिए । उनले रुपन्देहीको तिलोत्तमामा पूर्वमन्त्री घनश्याम भुषाल प्रमुम अतिथि बनेको भेलामा पुगेर सम्वोधन नै गरेका थिए ।

यहीबीचमा लुम्बिनी प्रदेश सरकारका मुुख्यमन्त्री शंकर पोखरेलको चलखेलमा ओली पक्षतिर लागेका बताइएको छ । अहिले पोखरेल पद जोगाउन सांसद आफ्नो समूहमा तान्ने अभियानमा छन् ।

प्रदेशसभामा ६१ सांसद रहेकोमा पूर्वमाओवादीका २० सांसद रहेका छन् । अहिले सांसद् न्यौपाने ओलितिर लागेपछि वर्तमान पोखरेल नेतृत्वको प्रदेश सरकार थप मजबुत बनेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७