मनोरञ्जन

पतिको जन्म दिनमा स्वेताको प्रेमिल सन्देश- तपाईंको माया नै पर्याप्त छ

पतिको जन्म दिनमा स्वेताको प्रेमिल सन्देश- तपाईंको माया नै पर्याप्त छ

हालै ‘नयाँ जीवन’को शुरुवात गरेकी अभिनेत्री स्वेता खड्का वैवाहिक जीवनमा रमाइरहेकी छन् । सामाजिक सञ्जालमा सक्रिय रहने स्वेताले पतिसँगका पलहरुलाई तस्वीरमार्फत साझा गर्दै प्रेमिल सन्देशहरु व्यक्त गरिरहेकी हुन्छिन् ।

पहिलो वैवाहिक जीवन अकल्पनीय रुपमा दुःखद बनेका कारण केही वर्ष ‘पीडा’मा बिताएकी उनले जीवनको सुःख विस्तारै लिन थालेको सामाजिक सञ्जालमार्फत उनले साझा गर्ने गरेका पोस्टहरुमा यस्तै झल्किन्छ ।

आफ्ना पति विजयेन्द्रसिंह रावतको जन्मदिनमा पनि स्वेताले प्रेमले भरिएका सन्देश सामाजिक सञ्जालमार्फत साझा गरेकी छन् । शनिबार बिहान १२ बजे फेसबूकमार्फत ‘सार्वजनिक रुपमा’ उनले आफ्ना पतिलाई जन्मदिनको शुभकामना व्यक्त गरेकी छन् ।

‘मेरा प्रिय पति, मेरा गल्तीहरुको सहयात्री, सबैभन्दा उत्तम साथी र सबैभन्दा ठूलो समर्थकलाई जन्मन्दिको शुभकामना !’ स्वेताले आफ्ना श्रीमान् विजयेन्द्रलाई जन्मदिनको शुभकामना दिँदै फेसबूकमा लेखेकी छन् ।

पतिलाई जन्मदिनको शुभकामना दिँदै स्वेताले अगाडी लेखेकी छन्– ‘मलाई खुसी राख्न तपाईंको माया नै पर्याप्त छ’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७